असार २४,
एक दिवसीय क्रिकेटअन्तर्गत भारत र न्युजिल्याण्डबीच जारी सेमिफाइनल वर्षाका कारण प्रभावित भएको छ ।ओल्ड ट्राफोर्डमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले खेल प्रभावित हुनुपूर्व ४६. १ ओभरमा ५ विकेट गुमाउँदै २११ रन जोडेको छ । न्युजिल्याण्डका लागि रस टेलरले ८५ बलमा १ छक्का र ३ चौकासहित ६७ रन र टोम लाथाम ४ बलमा ३ रन बनाउँदै अविजित छन् ।
उता केन विलियमसन ९५ बलमा ६ चौकासहित ६७ रन बनाएर आउट भए । त्यस्तै हेनरी निकल्स ५१ बलमा २ चौकासहित २८, कोलिन ग्र्यान्डम १० बलमा २ चौकासहित १६ र जेम्स निशम १८ बलमा १ चौकासहित १२ रन बनाएर आउट भए । मार्टिन गप्टिल १४ बलमा १ रन मात्रै बनाएर आउट भए ।भारतका लागि भुवनेश्वर कुमार, रविन्द्र जडेजा, जसप्रित बुमराह, युजबेन्द्र चहल र हार्दिक पाण्याले १/१ विकेट लिएका छन् ।- एजेन्सी
प्रतिक्रिया