ताजा अपडेट »

रोटरी रुपन्देहीको पदस्थापन, थप सक्रिय हुने प्रतिबद्धता

मंगलबार, २४ असार २०७६

असार २४,
ग्लोबल आवाज
तिलोत्तमा । रोटरी क्लब अफ रुपन्देहीको आठौं पदस्थापन समारोह सम्पन्न भएको छ । सो अवसरमा वर्ष ०१८/१९ का अध्यक्ष हरि न्यौपानेले वर्ष १९/२० का अध्यक्ष सुरज खत्रीलाई पद हस्तान्तरण गरेका छन् ।

उनलाई रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका वर्ष १९/२० का अध्यक्ष किरणलाल श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । त्यसैगरी अध्यक्ष खत्रीले वर्ष २०१९/२० का कार्यसमितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएको निर्वाचित अध्यक्ष गौतम भुसालले जानकारी गराए । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानका वर्ष १९/२० का गर्भनर किरणलाल श्रेष्ठको प्रमुख आतिथ्यता, तिलोत्तमा नगरापलालिकाका प्रमुख बासुदेव घिमिरे र नोमिनेटेड डिष्ट्रिक्ट गर्भनर सन्तोष रिजालको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा रोटरीको इतिहासमा इट्टा थप्न सफल भएको बताउँदै सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे । त्यसैगरी नव अध्यक्ष सुरज खत्रीले रोटरीको ३५५ औं बैठकको सुरुवात गर्दै आगामी योजना सहित आफ्ना धारणा राखेका थिए ।

अध्यक्ष खत्रीले रुपन्देहीमा मातृशिशु अस्पताल स्थापना गरि त्यसलाई क्रमशः अत्याधुनिक महिला तथा बाल अस्पतालको रुपमा स्तरोन्नति गर्दै लैजानले रोटरीको महत्वकांक्षी योजना रहेको उल्लेख गरे । साथै आगामी जुलाई महिनामा रोटरी क्लवको बारेमा जानकारी गराउन क्लबमा आवद्ध नभएकाहरुलाई सहभागि गराई वृहत सचेतनाको भेला आयोजना गरिने समेत उनले जानकारी गराए । कार्यक्रममा बोल्दै खत्रीले रोटरीलाई सामाजिक क्षेत्रमा थप सक्रिय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।


कार्यक्रममा पूर्व अध्यक्षहरु, पदाधिकारीहरु लगाएतलाई सम्मान गरिएको थियो । कार्यक्रममा इन्द्र रिजाल, राजेन्द्र क्षेत्री लगाएतले आफ्ना भनाई राखेका थिए । कार्यक्रम ऋषिराम भण्डारीको स्वागत र शुबोध भट्टराईको सञ्चालनमा भएको थियो ।