भैरहवा । नेपालमा कोरोनाको दोश्रो लहर आईपुग्दा अवस्था भयावह भएको थियो । अस्पतालमा बिरामी राख्ने ठाँउ नभएर भुईमै बिरामीहरु उपचार लिन बाध्य भएका थिए । अक्सिजनको अभाव पनि उस्तै थियो । चारै तर्फ बन्दाबन्दीको प्रभाव थियो । यस्तो अवस्थामा बिरामी लिएर आउने कुरुवा मात्र नभई बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई पनि खानपिनको समस्या परेको थियो ।
कतिपय भने पैसा तिरेर पनि तातो पानी समेत खान नपाउने अवस्थामा थिए । यस्तो अवस्थामा अगाडी आए नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका युवाहरु । उनिहरुले भैरहवाको भिम अस्पतालमा आउने बिरामी, कुरुवा र उपचारमा संलग्न स्वास्थ्यकर्मिको लागी बेसारपानी, जडिबुटीयुक्त चिया जुवानो र मसला पानी सहित अण्डा, मुमको दालको सुप जस्ता पोसिलो खानेकुराहरु पनि बितरण गर्न सुरु गरे । जेठको १ गते देखी नेकपा माओवादी केन्द्र सिद्धार्थनगर नगर कमिटीको आयोजनामा सुरु भएको यो कार्य आज सम्म पनि जारी रहेको छ ।
प्रत्येक दिन १ सय ७५ जना देखी २ सय जनाको हाराहारीमा सेवाग्राहीहरुले सेवो लिई रहेको माओवादी केन्द्रका नेता ध्रुव लाम्गादेले जनाए । दैनिक रुपमा ३ सिफ्ट गरि प्रत्येक सिफ्टमा ४ जना यो काममा खटिदै आएको उनले जनाए ।
महामारीकै समयमा सुरु गरेका यी युवाहरुकै अगाडी अस्पतालमा मृत्यु भएका बिरामीको शव ब्यवस्थापनमा समस्या देखियो । शव ब्यवस्थापन गर्न ७० हजार सम्मको बार्गेनिङ हुन थाले पछि यहि टिम शव ब्यवस्थापनमा समेत खटिने निर्णय ग¥यो र यसको जिम्मेवारी लिए तत्कालीन जनयुद्ध सम्हालेका कमाण्डर डार्विन रोका मगरले । उनले १६ जना माओवादी केन्द्रकै कार्यकर्ताहरुको टोली बनाई सुरक्षित रुपमा शव ब्यवस्थापन गर्दै आएका छन् । यो टिमले अहिले सम्म १७ वटा शवहरु उनिहरुकै धार्मिक पराम्परा अनुसार ब्यवस्थापन गरि सकेको छ । यसरी शव ब्यवस्थापन गर्दा विपन्न र गरिबहरुलाई निशुल्क गरिएको र अन्यले पिपिई, दाउरा, एम्बुलेन्स खर्च लगायतको ब्यवस्थापन गरि दिए शव ब्यवस्थापन गर्ने गरेको डार्विन रोका मगरले जानकारी दिए ।
शव ब्यवस्थापनमा खटिएको टोलीले अस्पताल मात्र नभई बिरामीको मृत्यु घरमै भए पनि घरबाट पनि शव उठाउने गरेको छ । यसरी ल्याईएको शव उनिहरुको पराम्परा अनुसार सदगत गर्ने गरेका छन् । यसरी शव ब्यवस्थापन गर्दा र भिम अस्पतालमा काम गर्दा चरम आर्थिक अभाव झेलेको यी युवाहरुको भनाई छ । पिपिई सेट, एम्बुलेन्स खर्च, दाउरा लगायत अन्य खर्चमा ठूलै रकम खर्च हुने गरेको टिमको भनाई छ । यसरी खर्च भएको रकम केही समय आफै उठाएर जोहो गरे पनि पछि दाताहरु गुहार्नु परेको थियो । काम हेरेर स्वदेशी दानविर मात्र नभई बिदेशमा बस्ने नेपालीहरुले पनि सहयोग गरेको माओवादी केन्द्रका जिल्ला सदस्य नारायण बहादुर हमालले बताए ।
सुरुमा भिम अस्पतालकै छेउमा टेन्ट लगाएर काम सुरु गरेको यो टिमले भिम अस्पताल ब्यवस्थापन समितिबाट असहयोग भएको गुनासो गरेको छ । फरक राजनितिक आस्था बोकेका समितिका अध्यक्षले सामाजिक कार्यमा अवरोध गरेको उनिहरुको गुनासो छ । सुरुकै स्थानमा काम गर्न नदिएकोले अहिले यो टिम उक्त स्थानभन्दा केही पर त्रिपाल टांगेर बिरामीहरुको सेवा गरि रहेको छ ।
प्रतिक्रिया