असार २४,
बुटवल । रुपन्देहीको बुटवल र बाँके जिल्लाको नेपालगञ्जमा विगत केही समय देखि बन्द रहेका विषादी अवशेष द्रुत विश्लेषण एकाई (प्रयोगशाला) प्रदेश नम्बर ५ सरकारले चलाउने भएको छ । यसरी बुटवलको बुटवल कृषि उपज थोक बजार केन्द्रमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाई (प्रयोगशाला) र बाँके जिल्लाको नेपालगञ्जमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाई (प्रयोगशाला) लाई सञ्चालन गर्ने तयारी आफुले सुरुवात गरेको प्रदेश नम्बर ५ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले जानकारी दिएकी छन् ।
कर्मचारी अभावमा बन्द रहेका दुई वटा विषादी मापन गर्ने प्रयोशाला प्रदेश सरकारले जनशक्ती पठाएर सञ्चालन गर्न लागिएको हो । मन्त्री पौडेलले भनिन्–‘केन्द्र सरकारबाट सञ्चालनको स्वीकृत लिई हामीले जनशक्ति व्यवस्थापन गरी सञ्चालन गर्ने योजना बनाएका छौं । ’ मन्त्री पौडेलले पहिलो चरणमा बुटवल कृषि उपज थोक बजार केन्द्र बुटवलमा रहेको प्रयोशाला सञ्चालन गर्ने योजना बनाएको जानकारी दिएकी छन् । जसको प्रारम्भीक अनुगुमन गरेर के कस्तो अवस्थामारहेको छ भन्ने विषयमा जानकारी लिने र प्रदेश सरकारबाट कर्मचारी पठाएर सञ्चालन गर्ने योजना प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले बनाएको छ ।
केन्द्रीय सरकारको मातहतमा रहेका नेपालभरका विषादी अवशेष द्रुत विश्लेषण एकाई (प्रयोगशाला) कर्मचारी अभावको कारण बन्द भएका थिए । केही समय पहिला सञ्चालनमा रहेका प्रयोशाला कर्मचारी समायोजन पश्चात कर्मचारीहरु समायोजन भएर गएपछि बन्द भएका थिए । जसको कारण बुटवलमा रहेका विषादी अवशेष द्रुत विश्लेषण एकाई(प्रयोगशाला) बन्द भएको थियो ।
- कृषि पत्र
प्रतिक्रिया