ताजा अपडेट »

दारी ग्याङ्गद्वारा उद्घोषण तालिम

सोमबार, २३ असार २०७६

असार २३,

ग्लोबल आवाज

बुटवल । ‘गालामा दारी काँधमा जिम्मेवारी’ भन्ने नारा सहित विभिन्न सामाजिक काम गर्दै आएको दारी ग्याङ्ग, बुटवलले एक दिने उद्घोषणतालिम सम्पन्न गरेको छ । आफ्ना सदस्यहरुलाई निर्धक्क बोल्न र आफ्ना विचारहरु राख्नका साथै सार्वजनिक कार्यक्रम सञ्चालन गर्न टेवा पुर्याउने उद्देश्यले आयोजित तालिममा ३५ जना सहभागि भएका थिए ।

उनीहरुलाई मनोज भुसालले प्रशिक्षण गरेको कार्यक्रमका संयोजक जीवन भण्डारीले बताए । शनिबार बुटवलमा सम्पन्न कार्यक्रम संस्थाका अध्यक्ष गणेश पन्थको अध्यक्षता, अजि एजुकेशन प्रा.लि.बुटवलका प्रमुख विकास आचार्यको प्रमुख आतिथ्यता र अस्विन खरेलको सञ्चालनमा भएको थियो ।