असार २३,
काठमाण्डौं । नेपाल एसीसी यू–१९ इस्टर्न रिजन पूर्वक्षेत्रीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो।
८७ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपालको सुरवात रामो रहेन २० रनमा ओपन ब्याट्म्यान पवन सर्राफलाई गुमाएको नेपालको अर्को विकेट २९ रन बन्दा गुम्यो। रीत गौतम व्यत्तिगत ३ रनमा आउट भए। लगत्तै खड्कबहादुर बोहरालाई गुमाएको नेपालको पालीलाई भने भीम सार्की र कप्तान रोहितकुमार पौडेलेले उकासे दुवैले ६० रनको साझेदारी गरे। रोहित पौडल ३१ रनमा नटआउट रहँदा भीम सार्की ३३ रनमा अविजित रहे। मलेसियाका हैकल मोहम्मद खैरले २ तथा मोहम्मद अमिरले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको आयोजक मलेसियाले ४० दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो। मलेसियाका लागि सर्वाधिक २४ रन मोहम्मद अमिरले बनाए। त्यसबाहेक अन्य कुनै खेलाडीले उत्कृष्ट ब्याटिङ गर्न सकेनन्। मलेसियाको पालीलाई सस्तैमा समेटन सागर ढकालले तीन विकेट लिए भने कुशल मल्लको नाममा २ विकेट लिए। फाइनलमा नेपालले हङकङ र सिंगापुरको विजेतासँग खेल्नेछ।
प्रतिक्रिया