असार २३,
बुटवल । बुटवल लगायत आसपासका जिल्लाहरुमा समेत आज विहानैदेखि पानी परेको छ । असार सकिनै लाग्दा भएको वर्षापछि रोपाई गर्ने कृषकहरु खुसी भएका छन् । असारको तेस्रो सातातिर आएर मुलुकभर मनसुन सक्रिय भएको छ ।
मनसुनसँगै किसानहरु रोपाँईमा व्यस्त हुन थालेका छन् । आइतबारदेखि नेपालमा मनसुन भित्रिएको हो । यसपटक १० दिन ढिला गरी जुन २० तारिखमा मनसुन नेपाल भित्रिएको हो । मौसम पूर्वानुमान महाशाखाले पनि सोमबारदेखि तीन दिन अर्थात् बुधबारसम्म भारी बर्षा हुने अनुमान लगाएको छ । महाशाखाले यस अवधिमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यस अवधिमा बाढीपहिरो पनि जानसक्ने भएकोले जोखिम क्षेत्रमा बसोबास गर्ने नागरिकले सतर्कता अपनाउन अनुरोध गरेको छ । उसले नदी नाला तथा खोलाको छेउछाउमा नजान अनुरोध गरेको छ ।
महाशाखाले आज देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ । आइतबार पनि देशभर पानी परेको महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार भारतमा रहेको न्यून चापीय रेखा उत्तर अर्थात नेपालतर्फ सर्दै गएकोले नेपालमा मनसुनी गतिविधि तीव्र बन्दै गएको हो । न्यून चापीय रेखा पूरै नेपालमा प्रवेश गरेपछि लगातार रुपमा ठूलो बर्षा हुने मौसमविद्हरुको तर्क ।
महाशाखाको अनुमान
असार २३ गते (सोमवार)
दिउँसो : देशका अधिकांश भू/भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै भू–भागहरुमा वर्षाको सम्भावना छ । देशको एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।
राती : देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै भू-भागहरुमा वर्षाको सम्भावना छ । देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।
असार २४ गते (मंगलवार)
दिउँसो : देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै भू–भागहरुमा वर्षाको सम्भावना छ । देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।
रातीस् देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै भू–भागमा वर्षाको सम्भावना छ । देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।
असार २५ गते (बुधवार)
दिउँसो : देशका अधिकांश भू–भागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना छ । देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।
राती : देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ । देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना छ । देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।
प्रतिक्रिया