असार २३,
काठमाडौं । एसीसी यु-१९ इस्टर्न रिजनको सेमिफाइनलमा घरेलु टोली मसेलियाले नेपालसामु ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रेबो मलेसिया ४०.५ ओभरमा अल आउट हुँदै ८७ रन जोडेको थियो । नेपाली खेलाडीको सशक्त बलिङसामु मलेसियाका ब्याट्सम्यान निरीह बनेका थिए । नेपालका लागि स्पिनर सागर ढकालले १० ओभरमा ३ मेडन सहित १६ रन खर्चेर ३ विकेट लिए ।
त्यस्तै कुशल मल्लले ९ ओभरमा ५ मेडन सहित १३ रन खर्चेर २ विकेट लिए । तिलकराज भण्डारी,राशिद खान र कमल सिंह ऐरीको नाममा समान १ विकेट रह्यो । मलेसियाका लागि मोहम्मद आमिर २४, हैकवाल मोहम्मद १२, वान इमिरुन ११, अहमद अकमल आलिफले १०, तनिस आरोह ७, विश्वरुवेन कुमार ३ रन बनाएर आउट भए ।
प्रतिक्रिया