असार २३,
आयोजक ब्राजिलले कोपा अमेरिका २०१९ को उपाधि जितेको छ । नेपाली समय अनुसार आइतबार राति मार्कना फुटबल मैदानमा भएको खेलमा पेरुलाई ३-१ गोल अन्तरले हराउँदै ब्राजिलले उपाधि हात पारेको हो ।
ब्राजिललाई उपाधि दिलाउनको लागि एभरटन सुअरेज, ग्याब्रीएल जेसस र रिचार्लिसनले समान एक/एक गोल गरे । पेरुको पाओलो गुरेरियाले एक गोल फर्काए । ब्राजिलले पहिलो हाफमा दुई गोल गरे भने दोस्रो हाफमा एक गोल थप्यो । खेल सुरु भएको १५ मिनेटमा नै एभरटनले गोल गर्दै ब्राजिलले अग्रता दिलाएका थिए । बक्सको तल्लो क्षेत्रबाट ग्याब्रिएल जेससले दिएको पासलाई एभर्टनले गोलमा परिणत गरे ।-एजेन्सी
प्रतिक्रिया