ताजा अपडेट »

मुक्तिनाथको सेवा गुल्मीमा, देशभर १ सय २० शाखा

आइतबार, २२ असार २०७६

असार २२,
गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा मुक्तिनाथ बिकास बैंकको शाखा बिस्तार भएको छ । जिल्ला सदरमुकाम तम्घासको पुतलिबजारमा एक समारोहका बीच बैंकको १ सय २० औं शाखो शुभारम्भ भएको हो ।


रेसुङ्गा नगरपालिका गुल्मीका नगरप्रमुख डिल्लीराज भुसालले शाखाको शुभारम्भ गरे । नगरप्रमुख भुसालले बैंकले किसान र साना उद्योगीहरुलाई सर्बशुलभ व्याजदरमा ऋण प्रवाह गर्न आग्रह गरे ।
जिल्लामा बिभिन्न कृषि तथा साना व्यवसाय गर्ने कृषकहरुलाई सर्बशुलभ ढंगबाट ऋण दिएर कृषक साना उद्योगीहरुलाई राहत प्रदान गर्न आग्रह गरे । बैंकहरुले पैसा जम्मा गर्ने, नाफा कमाउने मात्रै ठूलो कुरा नभई सबै क्षेत्रलाई सहज सरल सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा मुक्तिनाथ बिकास बैंकका क्षेत्रिय कार्यालय पोखराका प्रमुख बावुराम ढकाल, बुटवल क्षेत्रिय शाखा प्रमुख गोबिन्द अधिकारी, गुल्मी शाखा प्रमुख तेजप्रसाद न्यौपानेले स्याङजाको पुतलिबजार नगरपालिकाबाट १ करोड २० लाखको चुक्ता पूँजीबाट स्थापना भएको बैंकले पछिल्लो सयम फड्को मार्दै गएको बताए । उनिहरुले बैंकले कस्तो सेवा प्रदान गरेको छ भन्दा पनि जनतालाई सेवा प्रवाहमा सहज भएको छ की छैन् भन्ने प्रमुख कुरा रहेको बताए ।


बैंकले बिना धितो महिलाहरुलाई ३ लाख सम्म लगानी गर्ने गरेको छ । ३३ प्रतिशत कृषि क्षेत्रमा लगानी गरेको बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड रहेको छ । गएको चैत्र अन्तिम सम्मको निक्षेप ४२ अर्ब ३७ अर्ब लगानी रहेको बैंकले जनाएको छ । देशैभरी १ सय १९ वटा शाखा, २५ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।