ताजा अपडेट »

थप ४४७२ जनामा संक्रमण, ६९५१ निको

सोमबार, २४ जेठ २०७८

बुटवल । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमित भन्दा निको हुने दर धेरै रहेको छ । पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएको सन्दर्भमा सोमबार पनि सोही तथ्यांक आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन् भने ४४७२ जना नयाँ संक्रमित थपिएका छन् ।