ताजा अपडेट »

तिलोत्तमामा प्रादेशिक बस टर्मिनल: टेण्डरको लागि १ करोड ६६ लाख सुनिश्चित

सोमबार, २४ जेठ २०७८
2 Shares

बुटवल । रूपन्देहीको तिलोत्तमामा बन्न लागेको प्रादेशिक बस टर्मिनलको लागि बजेटको सुनिश्चितता भएको छ । वडा नं. १३ र १४ टिकुलगढमा निर्माण हुने प्रादेशिक बस टर्मिनलको टेण्डर प्रक्रियाको लागि संघीय सरकारबाट १ करोड ६६ लाख बजेट सुनिश्चित भएको छ। नगरपालिकाको प्रस्तावमा निर्माण हुन लागेको बस टर्मिनल संघको ७० प्रतिशत र प्रदेशको ३० प्रतिशत लगानी साझेदारीमा निर्माण हुन लागेको हो।

टर्मिनल निर्माणका लागि संघीय सरकारको अर्थ मन्त्रालयबाट बिनियोजन भएको बजेट लुम्बिनी प्रदेश सरकारको प्रदेश सहरी विकास कार्यालयमा बजेट आएको तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए । आन्तरिक स्रोतबाट निर्माण पूरा नहुने भएकाले तिलोत्तमाले यसमा सघाउन संघ र प्रदेश सरकारलाई आग्रह गरेको थियो । बस टर्मिनल बत्र लागेको १८ बिगाहा जग्गा तिनाउ नदी उकास हो । यहाँ पुग्न बुटवल – बेलहिया सिक्सलेनको पत्थरडाँडाबाट ६ किलोमिटर छ।

बुटवल तथा भैरहवामा विद्यमान बसपार्कले सवारीसाधनको चाप थेग्न नसकिरहेको अवस्थामा तिलोत्तमाले प्रादेशिक बस टर्मिनल निर्माण प्रस्ताव गरेको नगरप्रमुख घिमिरेले बताए । उनले भैरहवामा निर्माण सम्पत्र हुने क्रममा रहेको अन्तर्राष्ट्रिय विमानस्थलदेखि नजिकै रहेकाले टिकुलीगढमा आधुनिक बस टर्मिनल उत्कृष्ट विकल्प रहेको बताए । निर्माण सम्पत्र गर्नको लागि १ अर्बभन्दा धेरै लाग्ने भएपनि बहुवर्षे कार्यक्रम अन्र्तगत हरेक वर्ष संघ र प्रदेश सरकारले बजेट छुट्टाउने बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा डिपिआर र जग्गा तारबारका लागि एक करोड रुपैयाँ विनियोजन गरिसकेको थियो । अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी भ्रमणको लागि आउने यात्रुलाई लक्षित गरि बस टर्मिनलको अवधारणा अगाडि सारिएको उनले बताए ।

यस्तो बत्रे छ बसपार्क
सुविधासम्पत्र, प्रविधियुक्त र स्तरीय सेवा सहितको बस टर्मिनल बत्रे भएको हो। बस टर्मिनलमा पेट्रोलपम्प, आवास गृह तथा होटल, रेष्टुरेन्ट, इलेक्ट्रिक चार्जिङ स्टेसन, लामो र छोटो दूरीका सवारीसाधनको लागि अलग्गै पार्किङ क्षेत्र, सुरक्षा चौकी रहनेगरी डिजाइन तयार गरिएको छ।

बस टर्मिनलमा मर्मत सम्भारका लागि वर्कसप, एकैपटकमा २ सय ५० वटा बस लामो समय पार्क गर्न मिल्ने पार्किङ क्षेत्र तथा ३० वटा बसले यात्रु सेवा प्रवाह गर्न मिल्ने गरी डिजाइन गरिएको छ । बस टर्मिनलभित्र यात्रु तथा सवारी साधनका चालक छोटो समय आराम गर्न मिल्ने गरी प्रतिक्षा कक्ष तथा आराम कक्ष, सुरक्षा पोष्ट, स्वास्थ्य चौकी समेत रहने छन् । प्रस्तावित बस टर्मिनल निर्माण स्थल गौतमबुद्घ अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोमिटर उत्तरमा पर्छ ।

काठमाण्डौंको डेकोर स्टुडियोले एक महिना समय लगाएर तयार पारेको आर्किटेक्ट डिजाइन अनुसार बस टर्मिनल बनेमा नेपालकै अत्याधुनिक र पहिलो सुविधासम्पत्र डिजिटल प्रविधियुक्त हुनेछ । हालसम्म नेपालमा आधुनिक र प्रविधियुक्त बसपार्क बनेका छैनन् । ईञ्जिनियर डानकिङ बहादुर भुजेलका अनुसारटर्मिनलमा डिजिटल प्रविधिसहितको टिकट काउन्टर, गाडीको रुट र समय चार्ट राखिने छ ।

बस टर्मिनलभित्रै यात्रुलाई किनमेल सुविधाका लागि एक हजार वर्गमिटर क्षेत्रफलमा विभित्र थरिका ३० वटा पसल हुनेछन् । गाडीहरु मर्मत सम्भारका लागि सर्भिस र मेन्टिनेन्स ब्लक रहने छन् । एकपटकमा १० वटासम्म गाडी मर्मतरसम्भार गर्न सक्ने गरी डिजाइन भएको छ । इन्धन भर्नका लागि टर्मिनल नजिकै पेट्रोलपम्प पनि राखिने छ ।