असार २२,
बुटवल । रोटरी क्लब अफ बुटवलको २७ औ पदस्थापन कार्यक्रम भएको छ । वर्ष २०१८÷०१९ का अध्यक्ष डा नारायण प्रसाद पन्थले वर्ष २०१९÷२०का अध्यक्ष दिल्ली कुमार श्रेष्ठलाई पद हस्तान्तरण गरेका छन् ।
रोटरी इन्टरनेश्नल डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर इलेक्ट राजिव पोखरेलले अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए भने अध्यक्षले वोर्ड सदस्यहरुलाई सपथ ग्रहण गराए । कार्यक्रममा गभर्नर इलेक्ट पोखरेलले समुदायमा रोटरीको उपस्थिती र भूमिका अतुलनिय भएको बताउँदै रोटरीयनहरुले १ वर्षमा ४ करोड ५० लाख घण्टा समय खर्च गर्ने गरेको बताए । रोटरी वुटवलले क्यान्सर अस्पताल स्थापनाको लागी पहल गरेकोमा सह्राना गर्ने आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता समेत जनाए । प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले रोटरीले ग्रामिण क्षेत्रमा पनि आफ्नो उपस्थिती जनाउनु पर्ने सुझाव दिदै समाजको विकासको लागि सहकार्य गर्न आयोग तयार रहेको बताए । स्थायनियको आवश्यकता पहिचान गरी लगानी गरेमा रोटरीको इमेज अझ उचो वन्ने बताउदै उनले प्रदेशको शिक्षा, स्वास्थ्य रोजगार आवश्यकताको क्षेत्र भएको बताए ।
कार्यक्रममा रोटरी क्लब अफ चितवनका अध्यक्ष राजु पौडेल, रोटरी क्लब अफ बुटवल प्रेसिडेण्ट काउन्सीलका अध्यक्ष विन्द्याकिशोर जोशी, प्रेसिडेण्ट इलेक्ट सुनिल श्रेष्ठ, प्रेसिडेण्ट नोमिनि डा तारा प्रसाद उपाध्याय, इनह्विल क्लब अफ बुटवलका अध्यक्ष प्रमिला श्रेष्ठ, रोटयाक्टर इश्वरी वन्जाडे, इन्टयाक्टर निकिता गौतम लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सचिव रोम शर्माको संचालनमा भएको कार्यक्रममा अध्यक्ष दिल्ली कुमार श्रेष्ठले जिम्मेवारीले कर्तव्यवोध बनाएको वताउदै जिम्मेवारीमा खरो रुपमा उत्रने बताए । निवर्तमान अध्यक्ष डा.नारायण प्रसाद पन्थले बुटवल एउटा मिनि डिष्ट्रिक्टको रुपमा विकास भईसकेकाले सोही अनुसार क्लबलाई प्रस्तुत गर्न सक्नुपर्ने भन्दै शुभकामना र वधाई ज्ञापन गरे ।
प्रतिक्रिया