ताजा अपडेट »

मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सको सहज जीत

सोमबार, २४ जेठ २०७८

बुटवल । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्सले सहज जित निकालेको छ । आइतवार राति भएको खेलमा नेदरल्यान्ड्सले जर्जियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन मेम्फिस डिपे,वाउट वेहर्स्ट र रायन ग्राभेनबर्चले एक एक गोल गरे ।