आजभोलि बालबालिकाहरुको TV,Mobile,Video Game,Internet लगाएत अन्य यस्तै सामाग्रीहरु तथा भिडियोहरुमा लत बस्नाले आमाबाबु लाई सबै भन्दा ठूलो समस्या सिर्जना भएको देखिन्छ । बच्चाहरु जुनसुकै बेलामा पनि मोबाइलमा झुण्डिने,यूट्यूब,इन्टरनेट गेम,टिकटक,टिभी सिरियल,कार्टुन जस्ता दृश्य सामग्रीमा ब्यस्त बन्ने गरेको देखिन्छ । यसले उनिहरुमा गहिरो लत मात्र बसेको छैन कि आमाबाबु वा अभिभावकका लागि यो दिनरातको चिन्ताको विषयपनि बन्न पुगेको छ । बाबुआमाले बच्चाको पढाइ साथै भविष्यका लागि थुप्रै लगानी गरेका हुन्छन् । एक अध्ययनका अनुसार आमाबाबुहरुको सम्पूर्ण मेहनत, संघर्ष , कमाइ,दौडधुपको मुख्य उदेश्य आफ्नो छोराछोरिका लागि कसरी राम्रो सङ्ग पढाउन सकिन्छ र समाजमा राम्रो मान्छे कसरि बनाउन सकिन्छ भन्नेमै हो ।
आमाबाबुले बच्चाबच्चिको पढाइ र भविष्यका लागि नै एक ठाउँबाट अर्को ठाउँमा बसाइ-सराइ गरेका हुन्छन्। गाउँमा राम्रो पढाइ नभएको भन्दै बसाइ-सराइ गरि सहरतिर झरेको पनि उदाहरण प्रशस्तै देखिन्छ । राम्रो विद्यालयको खोजीमा अभिभावकहरु एक ठाउँबाट अर्को ठाउँमा भौंतारिएको पनि पाइन्छ । नेपालमा बैदेशिक रोजगारमा गएका धेरै नेपालीहरु पनि आफ्नो छोराछोरीको पढाइ र भविष्यप्रति सबैभन्दा बढी चिन्तित बनेको पाइन्छ ।
जुन ठाउँमा बसेपनी, जुन क्षेत्रको काम गरेपनि,जुन समुदाय वा समाजमा रहेपनि बाबु-आमाको छोराछोरीप्रतिको चिन्ता लगभग सबैको उस्तै हुन्छ।तर, यति धेरै चिन्ता,मेहनत,लगानी र चाहना हुँदाहुँदैपनि बालबालिकाहरुले पढाइप्रति रुचि नराख्नाले आमाबाबुको मन दिनहुँ खिन्न हुन्छ र यो स्वभाबिक पनि हो । बढ्दै गैरहेको प्रविधीको विकासका कारण बालबालिकाहरुमा थुप्रै समस्या देखा परेको छ। जसका कारण उनिहरुको पढाइमा डिस्ट्रब भएको देखिन्छ । पछिल्लो समयमा बालबालिकाहरुको मुख्य समस्या हो TV,Mobile, Game,Cartoon, TV Seriol जस्ता सामग्रीप्रतिको मोह । मोह भन्दा पनि यो लतको रुपमा विकसित हुँदै गएको छ।
एक मिनेट पनि मोबाइल ,TV बाट बच्चालाई अभिभावकले टाढा गर्दिएपनि बच्चाहरुले घरका सबै सामान तोडफोड गर्ने सम्मका काम गर्छन्। आमाबाबु माथी नै जाइलाग्छन। र, यो समस्या दिनहु धेरै बच्चाहरुमा बढ्दो पनि छ। पछिल्लो समय नेपालमा पनि यो समस्याले आमाबाबुलाई निकै सताइरहेको पाइन्छ।अभिभावकले यी ५ ओटा काम नियमित र राम्रोसँग गरेमा बच्चालाई TV,Mobile को लतबाट हटाउन सकिनेमा मनोविद्हरुले सुझाव दिएका छन :
१) पहिला अभिभावक स्वयम्आफै सुध्रिनु पर्दछ
आमाबाबु छोराछोरिहरु लाई TV,Mobile को लतबाट हटाउन त चाहान्छन् । तर, आफै भने हट्न चाहाँदैनन्। आमाबाबु वा घरको अन्य सदस्यले बच्चाको अगाडि Mobile चलाउने,TV हेर्ने,फेसबुक,टिकटक चलाउने जस्ता कार्यहरु बन्द गर्नु पर्छ । बच्चाले अरुले गरेको काम सजिलै सिक्छ र आफै गर्न थाल्दछ । त्यसैले बच्चा-बच्चिले देख्नेगरि,उनिहरु सङ्गै भएको बेला यस्ता काम गर्न छाड्नु पर्दछ ।
२) बच्चालाई खुशी बनाउन TV,Mobile नदिने
प्राय आमाबाबुहरुले जब बच्चा रुन्छ,खान खान मान्दैन,झगडा गर्छ,आफुले भनेको मान्दैन त्यति बेला बच्चा लाई खुशी पार्न र शान्त बनाउन उसलाइ Mobile दिने,उसको रोजाइको भिडियो लगाइदिने,उसलाइ मनपर्ने Cartoon लगाइदिने जस्ता कार्य गरेको पाइन्छ । आमाबाबुले यस बाट बच्चा लाई शान्त त बनाउदछन तर बच्चामा खुशी हुन,रमाउनका निम्ति Mobile,TV आवश्यक पर्छ भन्ने बानीको विकास हुन्छ । त्यतिमात्र होइन जिद्दी गरेमा मोबाइल चलाउन,टिभी हेर्न पाइन्छ भन्ने मनोबिज्ञानको विकास पनि बच्चामा हुन्छ । तर यसमा आमाबाबुले खासै ध्यान पुर्याउदैनन्,वास्ता नै गर्दैनन ।त्यसैले बच्चा लाइ शान्त बनाउन,खुशी पार्नका लागि गरिने यी सबै कार्य गर्नु हुदैन ।
३.)अरु साथीसँग घुलमेल गराउने
जब बच्चा फुर्सदमा हुन्छ तब उसलाइ समय बिताउन कुनै न कुनै माध्यम चाहिन्छ । त्यसकारण उसले समय बिताउने माध्यमको रुपमा मोबाइल,टिभीको प्रयोग गर्न सक्छ ।उसलाई आफ्नो घरवरीपरी,टोल,छर–छमेकका साथीहरुसँग घुलमेल हुने बातावरण अभिभावकले बनाइदिनु पर्दछ । आफ्ना साथीहरुसँग खेलेर,रमाएर,भेटेर बच्चाले फुर्सदको समय बिताउन थालेमा मोबाइल,टिभिको आवश्यकता नपर्न सक्छ । तर, उसको खेल्ने,रमाउने साथीको अभावमा उसले कार्टुन,भिडियो गेम,मोबाइल ,टिभी सिरियल जस्ता सामाग्री लाई साथी बनाउन सक्दछ ।
४.) Creative र कसरत वाला काममा लगाउने
शारीरिक कसरत हरेक बच्चाको स्वास्थ्यका लागि अनिवार्य हुन्छ। सिर्जनात्मक कार्यले बच्चाको क्षमता वृद्धि गर्दछ । बच्चाको कुनै अति मन पर्ने काम वा रुचिको बिषय छ भने त्यसमा फोकस गर्नु पर्दछ । जस्तो फुटबल खेल्ने,क्रिकेट खेल्ने,अन्य खेल खेल्ने,कुनै साहित्यिक ,सिर्जनात्मक कार्य गर्ने,गित गाउने,नाच्ने,चित्र कोर्ने वा अन्य । बच्चालाई मनपर्ने काममा आमाबाबुले रोक लगाएमा बच्चा जिद्दी र रिस गर्ने बन्छ । तर, उसको इच्छा बमोजिमको काम गर्न पाएमा उ ज्ञानी ,जागरुक ,सिर्जनात्मक र अनुशासित पनि बन्दछ । इन्टरनेट ,टिभिमै पनि नयाँ–नयाँ सिर्जनात्मक सामग्री,आविष्कार,रचना,सूचना,जानकारीसहित अन्य ज्ञानवद्र्धक शिक्षा सिकाउन सकिन्छ । त्यसैगरी बच्चाले शारीरिक कसरत हुने काम गरेमा,खेल खेलेमा बच्चा साँझमा थकाइ लागेका कारण समयमै सुत्छ र मोबाईल ,टिभीतर्फ ध्यान जाँदैन ।
५.) मोबाइल चलाउन जानेकोमा तारिफ नगर्नुहोस्
हो,बच्चाबच्चीहरु सानैदेखि स्मार्ट मोबाइल फोन चलाउनमा धेरै सक्षम हुन्छन् । उनिहरुले नयाँ–नयाँ एप्स खोज्ने,इन्स्टल गर्ने,मोबाइलमा देखिएका विभिन्न सफ्टवेयर समस्या समाधान गर्ने,कहिलेकाही आमा–बाबुले मोबाइल सम्बन्धी सहयोग मागेमा उनिहरुलाई सहयोग गर्ने जस्ता काममा जानकार हुन्छन् । छोराछोरीका यस्ता कामहरुका विषयमा केही आमाबाबुले अरु मान्छेसँग छोराछोरीकै अगाडि तारिफ गर्दै भन्छन् ‘मेरो छोरा वा छोरीले सानै उमेरदेखि मोबाइलका हरेक गतिविधि सिकिसकेको छ,म भन्दा पनि धेरै जान्ने छ,मोबाइलमा नयाँ–नयाँ कुरा पत्ता लगाउछ र हामीलाइ पनि देखाउँछ ।’
बाबुआमाले अरु मान्छेसँग आफ्नो कामको तारिफ गरेमा बच्चाहरु त्यो काम गर्न झन् उत्साहित हुन्छन्। बच्चाले मोबाइल चलाएको कुराको तारिफले बच्चाले यो काम सहि रहेछ,राम्रो रहेछ भन्ने बुझेर थप यसमा समय बिताउन थाल्दछ र लत बस्दछ । त्यसैले बच्चाले मोबाइल ,इन्टरनेट चलाएको कामलाई प्रशंसा तथा तारिफ गर्न बन्द गर्नु पर्दछ ।
ती ५ मुख्य काम बाहेक बालबालिकाहरुलाई टिभी,मोबाइलको लतबाट जोगाउन अन्य उपायहरु पनि अपनाउन सकिन्छ । विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार १ वर्षसम्मको बच्चालाई टिभी,मोबाइल जस्ता डिभाइसको स्क्रिन देखाउनै हुँदैन । २ वर्षदेखि ४ वर्षसम्मका बच्चालाई दैनिक बढीमा १ घण्टा भन्दा बढी स्क्रीनको अघि राख्नु खतराजनक हुने WHO पछिल्लो अध्ययनमा उल्लेख छ ।
धेरै मोबाइल चलाउँदा टिभी हेर्दा स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा डाक्टर ,शिक्षक वा घर भन्दा बाहिरको बच्चाले विश्वास गर्ने कुनै ब्यक्तिले भनेमा,सचेत गराएमा बच्चाले त्यस्ता काम कम गर्न सक्दछ । तर, यिनै सुझाव घरकै सदस्यले दिएमा बच्चाले खासै वास्ता नगर्न सक्छ । अर्कोतर्फ मोबाइल हेर्ने,टिभी देख्ने ,पढ्ने,खेल्ने समयको तालिका बच्चा स्वम लाई बनाउन लगाउनु पर्दछ । यसरी निश्चित समयमा मात्र बच्चाले मोबाइल,टिभिको प्रयोग गर्न सक्छ । एकाएक यी सबै काम बन्द गराउन खोज्नु मुर्खता हुन्छ र गर्नु हुँदैन । बिस्तारै–बिस्तारै यो लतबाट हटाउँदै लैजानु पर्दछ । यस बाहेक नियमित रुपमा आमा–बाबु वा अभिभावकले बाल मनोविज्ञ वा मनोपरामर्शकर्ताको सुझाव लियर बालबालिकालाई उचित व्यवहार गर्नु महत्वपूर्ण र आवश्यक हुन्छ ।
प्रतिक्रिया