भैरहवा । कोभिड सम्बन्धि विभिन्न औषधी र सामग्री बोकेको नेपाली सेनाको ट्रकहरु शनिबार बेलहिया नाका हुँदै नेपाल भित्रिएको छ । हिजो मात्र २५ वटा ट्रक ती सामग्री लिन भारत गएका थिए । भारतबाट ती ट्रकहरुमा कोभिडसँग सम्बन्धित अपरेटिङ हेड लाईट, अटो रिफ्रेक्ट मिटर, बि–प्याड मेसिन, एबीजी मेशीन, ल्याब माईक्रोस्कोप, लाईट क्युरिङ कर्डलेस, आईसियु भेन्टिलेटर, म्यानुअल स्प्रेयर, भाइरस ट्रान्सपोर्ट मिडिया विथ स्वाब, आरडिटी एन्टिजेन किट, एन ९५ मास्क, पिपिई लगाएतका समान रहेको नेपाली सेनाको भनाई छ ।
यस्तै भारतले ६ वटा एम्बुलेन्स पनि प्रदान गरेको छ । तर, यी सामग्री खरिद गरी आएको वा भारत सरकारले सहयोग प्रदान गरेको भन्ने केही खुलेको छैन । यस विषयमा नेपाली सेनाका जनसम्पर्क प्रमुख जर्नेल सन्तोष बल्लभ पौडेललाई सम्पर्क गर्दा उनले यो सेनाको नियमित कार्य मध्ये रहेको जनाए ।
‘नेपाली सेनालाई भारतीय सेनाले प्रदान गरेको र केही सामग्रीहरु खरिद गरि नेपाल ल्याउने गरिएको छ । यी पनि तिनै मध्येका सामग्री हुन् ।’पौडेलले भने । द्धिपक्षिय सम्बन्ध अनुसार यस्तो सामग्री आउने जाने र नियमित प्रक्रिया नै रहेको बताए । भारत सरकारले कोभिड रोग नियन्त्रणसँग सम्बन्धित २५ वटा ट्रक भारत गएर नेपाल फर्केको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले फोनमा जानकारी दिए ।
प्रतिक्रिया