ताजा अपडेट »

विश्वकप क्रिकेट : बंगलादेशविरुद्ध पाकिस्तानको सानदार जित

शनिबार, २१ असार २०७६

असार २१,

लन्डन, । लर्डस मैदानमा शुक्रबार भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले हराएको छ । यद्यपि, जितपछि पनि पाकिस्तानको सेमिफाइनल यात्रा भने अगाडि बढ्न सकेन ।पाकिस्तानले जिते पनि रनरेटका आधारमा न्युजिल्यान्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशले लक्ष्य पछ्याउने क्रममा तेस्रो ओभरमा नौ रन कटाएपछि पाकिस्तानको विश्वकप यात्रा अवरुद्ध भएको हो । न्युजिल्यान्डले पाकिस्तानलाई रन रेटमा पछि पारे पछि सेमिफाइनल यात्रा अवरुद्ध भएको हो ।

शुक्रबार रातिको खेलसँगै विश्वकपको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । अब सेमिफाइनलमा अष्ट्रेलिया, भारत, आयोजक इङ्ल्यान्ड र न्युजिल्यान्डले उपाधिका लागि भिड्नेछन् ।शुक्रबार राति भएको खेलमा पाकिस्तानले दिएको ३१६ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४४.१ ओभरमा सबै विकेट गुमाएर २२१ रनमा समेटिएको थियो । बंगलादेशका लागि शकिब अल हसनले शर्धसतकीय पारी खेरे । उनले ७७ बलमा ६ चौकासहित सर्वाधिक ६४ रन बनाए ।

त्यसैगरी, लिटन दासले ३२, महमुदुल्लाहले २९, शौम्य सरकारले २२, मुस्फिक्युर रहिम र मोसादेक होसेनले समान १६/१६ रन बनाए ।कप्तान मसरफे मोर्ताजाले १५ रन बनाए । तमिम इकबालले आठ रन जोडेका थिए । पाकिस्तानका शहिन शाह अफ्रिदी एक्लैले ६ विकेट लिए भने सद्धाब खानले दुई विकेट लिए । मोहमद अमिर र वाहब रियाजले समान एक/एक विकेट लिएका थिए ।यसअघि युवा ओपनर इमाम उल हकले शतकीय पाली खेलेपछि पाकिस्तानले बंगलादेशलाई ठूलो योगफलको लक्ष्य दिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर तीन सय १५ रन बनायो । पाकिस्तानका लागि ओपनर इमामले उल हकले एक सय रनको योगदान दिए ।

४२ ओभरको पाँचौं बलमा हिट विकेटका रूपमा आउट हुँदै पेभेलियन फर्किनु अघि उनले विश्वकपमा पहिलो शतक पूरा गरेका थिए । बाबर आजमले ९६ रन बनाए । शतक बनाउन चार रनले चुकेका बाबरले ९८ बलमा ११ चौकाको सहयोगमा उक्त रन बनाएका थिए । यसैगरी इमाद वासिम ४३ रनमा क्याच आउट भए ।मोहम्मद हफिजले २७ रन बनाए । फकार जमान १३ र हरिस सोहेलले ६ रन बनाएका थिए । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा ७५ रन खर्चिएर पाँच विकेट लिए । मोहम्मद सैफुद्दिनले तीन तथा मेहदी हसनले एक विकेट झारेका थिए ।