ताजा अपडेट »

तिनाउमा वृक्षारोपण सप्ताह

शुक्रबार, २० असार २०७६


असार २०,
बुटवल । पाल्पाको तिनाउ गाउँपालिकामा वृक्षारोपण सप्ताहको सुरुवात भएको छ । सिद्धबाबा धार्मिक सामुदायिक वन उपभोक्ता समितिको आयोजना, वन समन्वय समिति दोभान, भुतखोला सामुदायिक वन उपभोक्ता समिति, गणेश सामुदायिक वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालय दोभानको संयोजन तथा सहयोगमा शुक्रबारदेखि वृक्षारोपक्ष अभियानको सुरुवात भएको हो ।


तिनाउ गाउँपालिका प्रमुख ओमबहादुर घर्तिमगरले ऐतिहासिक मानव पुर्खा रामापिथेकसको बँगरा भेटिएको ठाउँमा वृक्षा रोपण गरि अभियानको सुरुवा गरेका हुन् । कार्यक्रममा गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठ, सिद्धबाबा मन्दिर विकास समितिका अध्यक्ष दलबहादुर गुरुङ, वन समन्वय समिति अध्यक्ष अम्मर प्रधान, सव डिभिजन वन कार्यालयका प्रमुख चन्द्र रानाभाट, भुतखोला सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष दिलकुमारी रोका लगायतको सहभागिता रहेको थियो ।