असार २०,
बुटवल । बुटवल उपमहानगरपलिकालाई समृद्ध र समुन्नत बनाउनका लागि सबै जनजाति तथा भाषा संस्कृतिलाई संरक्षण र सम्मान गरिने मेयर शिवराज सुवेदीले बताएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देही शाखाले आयोजना गरेको आधारभूत पत्रकारिता तालिमको समापन अवसरमा बोल्दै उनले सो कुरा उल्लेख गरेका हुन् ।
आदिवासी तथा जनजातिको बाहुल्यता रहेको बुटवल उपमहानगरलाई आर्थिक रुपमा सवल र सफल बनाउँदै पर्यटकीय विकास र प्रर्वधनका लागि पनि सबै जात धर्मलाई संरक्षण र सम्वर्धन गरिने बताए । मुलुककै नमुना नगर निर्माणका लागि सहयोग र सहकार्यको समेत आवश्यकता औल्याए । ४ दिनसम्म सञ्चालन भएको तालिमको समापन अवसरमा बोल्दै आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीका अध्यक्ष शंकर गाहाले आफुहरुका लागि स्थानिय निकायहरुले जनसंख्याको आधारमा प्रयाप्त बजेट विनियोजन नगरिएको भन्दै गुनासो व्यक्त गरे । नगन्यमात्रामा विनियोजन गरिएको बजेटले आदिवासी जनजातीको उत्थान गर्न सम्भव नभएको भन्दै उनले सम्बन्धित पक्षलाई ध्यानाकर्षणका लागि आग्रह गरे ।
कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघ बुटवल उपमहानगर समन्वय परिषदका अध्यक्ष अरुण कुमार श्रेष्ठले तालिममा सिकेका सिपलाई व्यवहारिक रुपमा प्रयोग गर्दै नीखारता ल्याउन आग्रह गरे । फोनिज रुपन्देहीका सदस्य मिन रानाको स्वागत, सदस्य दिपक दर्लामीको सञ्चालन तथा अध्यक्ष सोनु थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट सहभागि दर्शन छन्तयालले विचार व्यक्त गरेका थिए । बुटवल उपमहानगरपालिकाको सहयोगमा सञ्चालन गरिएको तालिममा गिरी श्रीस, विक्रम खड्का, तेजेन्द्र केसी, टेक मास्की, मिलन गाहा, तथा सितु श्रेष्ठले सहजीकरण गरेका थिए । तालिममा ५० जना प्रशिक्षार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया