ताजा अपडेट »

बुटवलका ४ जना स्नुकर खेलाडी छनौट

शुक्रबार, २० असार २०७६

असार २०,
बुटवल । प्रथम चामुण्डा अल नेपाल स्नोकर प्रतियोगिता, काठमाण्डौंका लागि रुपन्देहीबाट ४ खेलाडी छनौट भएका छन् । असार २२ गते आइतबारदेखि काठमाण्डौं सञ्चालन हुने प्रतियोगिताका लागि गोपाल न्यौपाने, शिशिर गुरुङ्, सुविन थापा र कुडल श्रेष्ठ छनौट भएका हुन् । दुई दिन सम्म सञ्चालन भएको छनौट खेलका लागि रुपन्देही स्नोकर तथा पुल संघले सहजिकरण गरेको थियो । प्रतियोगितामा ३२ जना खेलाडिले भाग लिएकोमा ४ जना खेलाडीमात्र छनौट भएको रुपन्देही स्नोकर तथा पुल संघका सचिव शिव रानाले जानकारी दिए ।


चमुण्डा स्नोकर हाउस, काठमाण्डौंको आयोजना र नेपाल विलियर्डस स्नोकर तथा पुल संघको प्रायोजनमा खेल सञ्चालन हुन लागेको हो । सो प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, दोश्रोलाई ७५ हजार, तेश्रो र चौथो स्थान प्राप्त गर्ने खेलाडीलाई ३० हजार साथै हाइस ब्रेक गर्ने खेलाडीलाई रु ५० हजार पुरस्कार राखिएको रुपन्देही स्नोकर तथा पुल संघका अध्यक्ष गजेन्द्र मान श्रेष्ठले बताए । रुपन्देहीबाट छनौट भएका खेलाडीहरुलाई रुपन्देही स्नोकर तथा पुल संघका संरक्षक शोभित दर्लामी, संघका वरिष्ठ सल्लाहाकार सञ्जयरत्न बज्राचार्य र संघका अध्यक्ष गजेन्द्र मान श्रेष्ठले बुधवार एक कार्यक्रमका बीच बधाई तथा सम्मान समेत गरेका थिए ।