ताजा अपडेट »

आइपुग्यो थप नौ लाख मात्रा खोप

बुधबार, १९ जेठ २०७८

काठमाडौँ । नेपाललाई अनुदानस्वरुप चीन सरकारले प्रदान गरेको कोभिड–१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ । दश लाख खोपका मात्रामध्ये मंगलबार नौ लाख मात्रा नेपाल ल्याइएको हो । हिमालय एयरलाइन्सबाट एक लाख र नेपाल वायुसेवा निगमको जहाजमार्फत आठ लाख मात्रा खोप ल्याइएको होे । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमको एयरबस–३३० वाइडबडी ले आठ लाख मात्रा खोप ल्याएको जानकारी दिए । उनका अनुसार उक्त खोप लिन सोमबार राति वाइडबडी जहाज चीनको राजधानी बेइजिङ उडेको थियो ।

बाँकी एक लाख डोज खोप लिन बुधबार हिमालय एयरलाइन्सको जहाज कुनमिङ जाने बताइएको छ । एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ती दुई लाख मात्रा खोप निः शुल्क ल्याइने जनाएको छ ।