ताजा अपडेट »

कञ्चनका ५० जना विपन्न महिलालाई उन्नत जातको बाख्रा

बुधबार, १९ जेठ २०७८

कञ्चन । रुपन्देहीको कञ्चल गाउँपालिकाले महिलाहरुका लागि बाख्रा वितरण गरेको छ । महिला उद्यमी कृषि सहकारी संस्था लिमिटेड मार्फत ७० प्रतिशत अनुदानसहित बाख्रा वितरण गरिएको हो । विपन्न महिलाहरुलाई बाख्रा बितरण गर्दै गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले महिलाहरु आफै व्यबसायिक उन्मुख हुनु पर्ने र त्यसको लागि गाउपालिकाले आवश्यक सहयोग र अनुदानको ब्यबस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । जवसम्म महिलाहरुलाई उत्पादन तथा व्यबसायमूखी बनाउन सकिदैन तवसम्म समृद्धीको एक पाटो कमजोर हुने उनले बताए । महिलाहरु हुने मेहनत र सृजनिशलितालाई उतपदानमुखी र व्यबसायिक बनाउन अध्यक्ष क्षेत्रीले जोड दिए ।

सो अवसरमा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष गोमा तरामुले महलिाहरुलाई आत्म निर्भर बनाउन एक पटक अनुदान वा सहयोग दिएर नहुने भएकोले त्यसको नियमित निगरानी र अनुगमन आवश्यक हुने बताइन् । महिलाहरुलाई व्यवस्थित कृषि कार्य र उद्यमशिलतातर्फ आकर्षित गर्नु पर्नेमा उनले जोड दिइन् । कञ्चन ५ का अध्यक्ष कृष्ण प्रसाख अधिकारी, ४ का अध्यक्ष दुर्गा सिंह क्षेत्री, सामुदायिक वन उपभोक्ता महासंघ, रुपन्देहीका अध्ययक्ष दिनानाथ आचार्य, रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नाम बहादुर के.सी., सहकारी अध्यक्ष हिमा बेलवासे लगायतले महिलाहरुलाई व्यबसायिक कृषितर्फ आकर्षण गर्नु पर्नेमा जोड दिए ।

सहकारी मार्फत कञ्चनका ५० जना बिपन्न महिलाहरुका लागि २/२ वटा माउ बाख्रा र प्रत्येक १० जनाको महिला कृषक समूहहरुलाई बोयर जातको बोका वितरण गरिएको छ । सहकारीका उपाध्यक्ष उमा ढकालले गाउँपालिकाको १५ लाख रुपैया अनुदान सहयोग र कृषक तथा कञ्चन महिला उद्यमी कृषि सहकारी संस्थाको ६ लाख ४३ हजार रुपैया साझेदारी गरी २१ लाख ४३ हजार रुपैयाँको लागतमा बाख्रा वितरण गरिएको जानकारी गराइने । कञ्चनका वडा नं. ३, ४ र ५ का महिलाहरुलाई सो बाख्रा बितरण गरिएको हो । बितरित बाख्राहरुको विमा, खोर सुधार, घांस व्यबस्थापन र तालिम तथा अध्ययन भ्रमणमा लगायतका कार्यक्रमहरुमा समेत कृषकलाई सहभागी गराइने उनले बताइन् ।