ताजा अपडेट »

चीनको सिनोभ्याक खोपलाई डब्ल्यूएचओको प्रयोग अनुमति

बुधबार, १९ जेठ २०७८

काठमाडौं । चीनको सिनोभ्याक खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोग अनुमति दिएको छ। अनुमति पाउने यो चीनको दोस्रो खोप हो। यसअघि सिनोफार्मलाई डब्ल्यूएचओले आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ। यसले खोपको समान पहुँच (कोभ्याक्स) लाई थप बलियो बनाउने छ।

यसअघि नै विभिन्न मुलुकमा प्रयोग हुँदै आइरहेको यो खोप १८ वर्षमाथिकालाई दिन सकिने बताइएको छ। यसको पनि पहिलो डोज लिएको दुईदेखि चार सातामा दोस्रो डोज लिनुपर्ने हुन्छ। चीन, ब्राजिल, चिली, इण्डोनेसिया, थाइल्याण्ड, टर्की, मेक्सिकोलगायतका देशमा सिनोभ्याक प्रयोग हुँदै आएको छ।

दुईदेखि आठ डिग्रीसेल्सियस तापक्रममा यसलाई भण्डारण गर्न सकिने खोप निर्माताले जनाएको छ।