नौ महिनासम्म कोखमा राखी दियौ तिमिीले मलाई जन्म।
अब त बुज्ने भएको छु तिम्रो मर्म ।
अझै पनि याद आउँछ आमा,
तिमीले सिलाईलगाइदिएको त्यो जामा।
म बिरामी हुँदा तिमीले तातो पानी दिन्थ्यौं,
आज तिमी बिरामी हँुदा कोहि छैन तातो पानी दिने ।
घरमा भएको एउटा छोरापनि हिडिँदियो बिदेशमा,
आज कोहि छैन तातो पानी खुवाउन घरमा।
घाँस काट्दै हिडिरहेकी छौं आमा वन पाखातिर,
मेरो तस्विर राखी हिडिँरहेकि छौ मनमा ।
सुखदुःख गर्दै फुटाइरहेकी छौ खेतको माटो,
मेरो नै मुख हेरेर बसिरहेकी छौँ बाटोमा ।
ए मेरी आमा तिमीले कहिले पाइनौं सुख,
सधैभरी मेरो लागि गरिरहयौं दुःख ।
हिडिँरहेकी छौ आमा तिमी खेतमा खाली खुट्टा,
कहिल्यै पनि लगाउन पाइनौं तिमिले खुटामा जुत्ता ।
आमा अब गए तिम्रा दुःखका दिन,
अब दिनेछु तिमीलाई सुख ।
आमा छ होला तिम्रो धेरै रहर,
अब पाल्नेछु तिमीलाई झुपडी बनाएर शहरमा ।
प्रतिक्रिया