ताजा अपडेट »

उपमेयरलाई अभद्र ब्यवहार गर्ने मेसुको सरुवा

विहीबार, १९ असार २०७६

असार १९,
बुटवल । प्रदेश पाँचको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ‘किरो कराएको, बाख्रो हराएको’–नेपाली उखान जस्तै भएको छ । अर्थात् केही दिन अगाडि बुटवल उपमहानगरपालिकाकी उपमेयर गोमादेवी आचार्यप्रति दुर्व्यवहार गरेका समाचार सार्वजनिक भएपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको सरुवा भएको छ ।

सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद खनालको कार्यावधि सकिन २ महिना बाँकी छदै सरुवा भएका हुन् ।
मदनभण्डारी फाउण्डेसनको आयोजनमा अस्पताल परिषर सरसफाईमा सहभागी हुन अस्पताल पुगेकी उपप्रमुख आचार्य माथी अभद्र ब्यवहार गरेपछि विभिन्न सामाजिक सञ्जालमा समेत खनाल आलोचनाको पात्र बनेका थिए । डाक्टर खनाललाई डडेल्धुरा अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको छ । अस्पताल अस्त ब्यस्त पारेको र अस्पतालमा सरसफाइ अभियान लिएर सफाइ गर्न जानेहरुलाई समेत सफाइ गर्न नदिने गरेको गुनासो उनी माथी थियो । खनालले अस्पतालका लागि खरिद गरेका औषधी खरिद प्रकरण छानवीन समितिको प्रतिवेदन लुकाएर अनियमितलाई मलजल गर्दै आएका थिए । यसका साथै खनाललाई अस्पतालको फार्मेसी सन्चालनमा अनिच्छा देखाएको र सटर टेण्डरमा चलखेल र मिलोमतो गरेको आरोप छ ।

डाक्टर खनाललाई दिईएको लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको समय सकिन करिव २ महिना बाँकी रहेको थियो । नेकपा निकट खनाल जसरी भएपनि पुनः मेडिकल सुपरिटेन्डेन्टको पदमा नियुक्ति हुने चलखेलमा लागि रहेकै बेला उनको सरुवा भएको छ । नेकपाका केही नेता तथा प्रदेश सभासदहरुले खनाललाई पुनः मेडिकल सुपरिटेन्डेन्ट बनाउने आस्वासन दिदै लविंग गरि रहेका थिए । खनाल सहित स्वास्थ्य मन्त्रालय अन्तरगतका ११ औ तहका १४५ चिकित्सक हरुको सरुवा भएको मन्त्रालयले जनाएको छ । खनालको सरुवा सगै लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट हुने आकान्क्षी हरुको नयाा दौड सुरु भएको छ ।