ताजा अपडेट »

बजेट सान्दर्भिक, कार्यान्वयनमा चूनौती : भैरहवाका उद्योगी

आइतबार, १६ जेठ २०७८

भैरहवा क्षेत्रका उद्योगी ब्यवासायीहरुका संगठनहरुले बजेटले निजि क्षेत्र, स्वास्थ्य र शिक्षा लगायतलाई उच्च प्राथमिकतामा राखेकोले यसको स्वागत गरेका छन् । निजि क्षेत्रले सोचेको भन्दा राम्रो र उत्कृष्ट बजेट ल्याएको भन्दै सरकारको प्रंशसा गर्ने उद्योगी ब्यवसायीहरुमा पनि अन्य क्षेत्र जस्तै यसको कार्यान्वयनमा चासो र चिन्ता ब्यक्त गरेका छन् । हिजो आएको बजेट ऋणात्मक र राजस्वमूखी रहेको तथा अध्यादेश मार्फत ल्याईउकोले भोली अर्को सरकार आए यो बजेट नै कार्यान्वयन नहुने उनिहरुको आशंका छ । सोही बिषयमा भैरहवा क्षेत्रमा रहेका उद्योगी ब्यपारीका संगठनका प्रतिनिधिहरुले बजेट बारे ब्यक्त गरेका प्रतिक्रियाका सम्पादीत अंश ।

ठाकुर कुमार श्रेष्ठ
कार्यवाहक अध्यक्ष
सिद्धार्थ उद्योग बाणिज्य संघ, भैरहवा

बजेट सरसर्ती सुन्दा सन्तोषजनक नै छ । निजि क्षेत्रहरुले उठाई रहेको मागहरु धेरै कुराहरुलाई सम्बोधन गरेको छ । करहरु बढेको छैन त्यो सकारात्मक छ । यद्दपी सरकारले गर्न खोजेका कुराहरुमा कार्यान्यवयन पक्ष कस्तो हुन्छ त्यसमा भर पर्छ । यहि सरकारले नै चुनाव घोषणा गरेको भएर अलि लोकप्रिय र बितरणमुखी आउछ भन्ने थियो हामीलाई । यसको बावजुद पनि अहिले लिएको लक्ष्य १० खर्ब र राजस्वबाट उठाउने र साढे ६ खर्ब जति ऋण लिने भन्ने ऋणात्मक बजेट लिएर आएको छ , यो अलि ठूलो आकारमा लक्ष्य लिएकोले पुरा हुदैन कि भन्ने शंका हो । तथापी हामीले उठाई रहेका कुराहरु समबोधन गरेको भएर निजि क्षेत्रले बजेटलाई सकारात्मक रुपमा नै लिएका छौ र सफलता चाहि यसको कार्यान्वयनमा नै भर पर्ने हो । किनभने बिगतमा पनि यहि सरकारको अर्थमन्त्रीले ल्याएको बजेट अब्यहारीक थियो भने यो बजेट चाही अलिकति ब्यवहारीक आएकोले यसलाई सकारात्मक रुपमा लिएका हौ ।

खास गरि हामी रुपन्देही जिल्ला अझ भैरहवाको हिसाबले यो बजेटले हामीलाई सन्तुष्ट बनाएको छ । निर्माणाधिन बिमानस्थलमा फेरी रकम आएको छ, भैरहवा–बुटवललाई मेगासिटीको रुपमा अगाडी बढाउने कुरा छ, लुम्बिनी क्षेत्रलाइ स्मार्टसिटी बनाउने छ, लुम्बिनी बिकास कोषको गुरुयोजना २ बर्षमा पुरा गर्ने छ, अझ बिशेष गरि भारतबाट आउने मालवाहक गाडीहरु भारतमै लाईन लागेर हुदै गरेको समस्या हटाउन २ हजार अटाउने पार्किङ क्षेत्र बनाउने योजनाहरु स्वागत योग्य छ । फेरी पनि यी सबै समग्र काम गर्नको लागी रहेको यो चुनावी सरकार हो, यो सरकार फेरी रही रहन्छ कि रहदैन, अर्को सरकार आयो भने अध्यादेशले ल्याएको बजेट म मान्दैन भन्ने हो की भनेर हामी त्यसैमा चिन्तित छौ । कार्यान्वयन पक्ष दह््रो बनाएर अगाडी बढ्यो भने बजेट सकारात्मक छ ।

नारायण प्रसाद भण्डारी
अध्यक्ष
उद्योग ब्यपार संगठन, रुपन्देही

निजि क्षेत्रका कुरा गर्दा हामीले नेपाल राजस्व परामर्श समिति मार्फत दिएका सुझावहरु ७५ प्रतिशत यो बजेटमा समावेश भएका छन् । २५ प्रतिशत कुन कुन समावेश भएनन् भने बन्द अवधिको ब्याज मिनहा र घरभाडा मिनहा भनेका थियो हामीले । र यो बाहेक पनि अरु धेरै मागहरु हामीले उठाएका थियौ, नविकरण शुल्क छुट, डिमाण्ड चार्ज छुट, उत्पादन मूलक उद्योग र पर्यटन क्षेत्रको नविकरणको प्रतिशत छुट मागेका थियौ यस्ता कुराहरु सम्बोधन भएका छन् । निजि क्षेत्रका तर्फबाट हामीले यसलाई कार्यान्वयन होस भन्दै पूर्ण समर्थन गर्दछौं । हाम्रो शर्त भनेको यो कार्यान्वयन होस भन्ने नै हो । यसमा पुर्नकर्जाका कुराहरु पनि छन् ५ प्रतिशतमा ३ प्रतिशतमा पुर्नकर्जाहरु दिएर उद्योगीलाई उठाउने, कुनै शुल्क मिनहा दिने, २५ प्रतिशत, ५० प्रतिशत छ, कुनै मूल्य अभिवृद्धि कर दावी गर्न नपाउने थिया त्यो दावी गर्न पाउने भएको छ ।

सानो कुरामा कर कार्यालय नै जानपर्नेमा अब अनलाईन बुझाए हुने भएछ धेरै कुराहरु सजिलो हुदै गएको छ । यो बजेटलाई हामी निजि क्षेत्रका तर्फबाट स्वागत गर्दछौं र पूर्ण जोडदार रुपमा कार्यान्वयनको माग गर्दछौं । बजेट आउने कार्यान्वयन नहुने रहेको परिपाटी त्यो अब नहोस ।
अर्को कुरा भने सरकारले अहिले ल्याएको बजेट समय अनुकुल र समय सापेक्ष तथा स्वास्थ्य क्षेत्रमा अहिले सम्मको ऐतिहासिक रुपमा बजेट छुट्टयाएको छ यो स्वागत योग्य कदम हो । पुरै नेपालीलाई खोप लगाउने र खोपलाई बजेट सुनिश्चित गरेर स्वास्थ्य मन्त्रालयलाई दिएको रकम पनि स्वागत योग्य छ । यो सबै अस्पतालहरुमा बितरण भई अस्पतालहरुको स्तर वृद्धि होस, अस्पतालहरुमा भेन्टिलेटर, अक्सिजन प्लाण्टहरु, बेड लगायत सबै कुराहरुमा पूर्णता होस । भैरहवा क्षेत्रको बिमानस्थल, भिम अस्पताल, रंगशाला र भन्सारमा पार्किङ लगायत हेर्दा भैरहवाको नजरमा बजेट उत्तम छ ।

राजेश कुमार अग्रवाल
केन्द्रिय सदस्य
उद्योग बाणिज्य महासंघ

हामीले कल्पना गरेको भन्दा पनि राम्रो बजेट आएको छ । सकारात्मकताले भरेको यो बजेट हो । जुन हामीले आशा गरेका थियौ यो त्यो भन्दा पनि धेरै आएको छ । अब यसको चुनौती भनेको कार्यान्वयनमा नै हो । बजेटमा कुनै कमि छैन भने कार्यान्वयन कति प्रतिशत गर्ने १००, ९०, ८० वा कति गर्ने भन्नेमा नै हो । सिमित श्रोत साधन रहे पनि अहिले कुनै किसिमका करहरु बढाईएका छ्रैनन् । पर्यटन र अन्य बढी प्रभावित क्षेत्रलाई पुर्नकर्जा र समय थप गर्ने मौका दिएको छ । उनिहरुको घाटा ७ बर्ष सम्म मात्र क्यरिओभर गर्ने थियो त्यो अहिले बढाएर १० बर्ष भएको छ । यस्तै बजेटले स्वास्थ्य र शिक्षामा सबै भन्दा बढी ध्यान दिएको छ । खोपको लागी प्रयाप्त बजेट छुट्टयाएको छ, सके सम्म १ डोज खोप सबैलाई लागोस भन्ने सरकारको चाहना छ । यस्तै शिक्षामा पनि प्रयाप्त ध्यान दिएको छ । आउने समयमा शिक्षामा कुनै प्रभाव नपरोस भनेर बजेट छुट्टयाईएको कदम पनि सकारात्मक छ ।

यस्तै स्वदेशी उद्योगलाई पनि प्रवद्र्धन गर्ने, राष्ट्रकै उद्योगलाई सबल बनाउनका लागी हुनु पर्ने यस्ता थुप्रै कुराहरुले हामी उद्योगी ब्यपारीको हिसाबमा एकदम सकारात्मक रुपमा बजेटले लिएको छ । दुरदृष्टि राखेर बजेटको निर्माण गरिएको छ यसले हामी उत्साहित छौ । यसको कार्यान्वयन पक्ष भनेको सामुहिक र साझा जिम्मेवारी हो ।

महेन्द्र कुमार श्रेष्ठ
केन्द्रिय सदस्य
उद्योग बाणिज्य महासंघ

बिशेष गरि म केन्द्रिय सदस्यको हैसियतले अहिलेको बजेटबाट सरकारले निजि क्षेत्रलाई केही राहतको ब्यवस्था त गरेको छ तर यो कार्यान्वयन हुने कुरामा हामी अलि विस्वस्त छैनौ । यो चुनावमुखी बजेट भएको हाम्रो धेरै साथीहरुको आशंक छ यसमा कतिपय हिसाबले निजि क्षेत्रलाई सरकारले हेरेको नाताले क्षेत्रगत रुपमा जस्तै भन्सारका पार्किङ, भैरहवाको अन्र्तराष्ट्रिय बिमानस्थल, मोतीपुर कोरिडोर सफल बनाउने लगायतका कुराहरु क्षेत्रकै लागी राम्रै हुन । तर जुन रुपमा निजि क्षेत्रहरु अहिले कोभिडको कारणले धराशायी भएको छ त्यसको लागी बिशेष प्याकेज आउने आशा थियो त्यो भने आएन ।

निश्चित समयको लागी ब्याज छुट, कर छुट, भन्सार छुट भन्ने कुरा मात्र आयो हामीले माग गरेको बिशेष प्याकेज आउन सकेन । तै पनि केही आशावादी भने छौ । तर अहिलेको यो बजेट चुनावमुखी नहोस, निजि क्षेत्रमा बिषेश जोड दिओस । सरकारले अहिले छुट गरेको करहरुको कारण राजस्व संकलन गाह््रै कुरा हो । अहिले सरकार राजस्व संकलनमा सफल हुन्छ जस्तो हामीलाई लाग्दैन । पहिला कर बढाएर, अन्तशुल्क बढाएर राजस्व उठाउथ्यो, अहिले करहरु छुट दिएर बढी बजेट राजस्वबाटै उठाउने भनेकोले यो बजेट प्रति हामीलाई शंका लागेको हो ।