ताजा अपडेट »

काठमाडौंमा राति १० बजेसम्म सवारी चलाउनुपर्ने

बुधबार, १८ असार २०७६

असार १८,

काठमाण्डौं । अबदेखि काठमाडौं महानगरपालिकामा राति १० बजेसम्म सार्वजनिक सवारी साधन चलाउनुपर्ने भएको छ। महानगरको स्थानीय राजपत्रमा प्रकाशित सवारी तथा यातायात व्यवस्थासम्वन्धी ऐनमा १० बजेसम्म सवारी साधन चलाउनुपर्ने व्यवस्था गरिएको छ। फागुनदेखि असोजसम्म बिहान ५ बजेदेखि राति १० बजेसम्म र कात्तिकदेखि माघ मसान्तसम्म राति ९ बजेसम्म सार्वजनिक सवारी साधन संचालन गर्नुपर्ने ऐनमा उल्लेख छ।

यसबाहेक नयाँ ऐनका निम्न व्यवस्था गरिएको छ :

१.  महानरमा चल्ने सम्पूर्ण सार्वजनिक यातायातले यात्रुलाई अनिवार्य टिकट दिनुपर्ने ।

२. महानगरभित्र रुट कायम भएका सार्वजनिक यातायातले यात्रुलाई बस बिसौनी वा सवारी साधन चढे लगत्तै निर्धारित भाडा लिएर टिकट दिनुपर्ने ।

३.  सार्वजनिक यातायातले यात्रुको सहजताका लागि दैनिक, साप्ताहीक, मासिक, तथा वार्षिक रुपमा मान्य हुने टिकटहरु जारी गर्नु पर्ने छ।

४. बालबालिका, विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त, जनआन्दोलनका घाइते, शहीद परिवारका सदस्यलाई छुटसहितको टिकट प्रदान गर्नुपर्ने ।

५. यात्रुलाई दिइने टिकटमा धुम्रपान, मद्यपान, सुर्तिजन्य पदार्थ, अश्लिल सामाग्री तथा सार्वजनिक हीत विपरित हुने सामाग्रीको विज्ञापन गर्न नपाइने

ऐन विपरीत कसुर गर्ने संस्था वा कम्पनीलाई पहिलो पटकको लागि १ हजार, दोस्रो पटक २ हजार र त्यसपछि प्रत्येक पटक ५ हजार जरिवाना हुने राजपत्रमा उल्लेख छ।