असार १८,
काठमाण्डौं । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिङ सडक खण्डमा एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ । उक्त सडकखण्डमा लगातारको बर्षासंगै पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको थियो ।
चितवनको इच्छाकामनास्थित चार किलो भन्ने स्थानमा गएराति पहिरो खस्दा सडक अवरुद्ध भएको हो । हाल पहिरो पन्छ्याउने प्रयास जारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पानी परिरहेकोले तत्काल पूर्ण रुपमा पहिरो पन्छाउन भने कठिनाई भईरहेको प्रहरीको भनाई छ ।
पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारी साधनहरु बाटोमै रोकिएका थिए । तर एकतर्फी रुपमा यातायात सञ्चालन गरिएसँगै सवारी जाम बिस्तारै हटिरहेको छ ।
प्रतिक्रिया