ताजा अपडेट »

सङ्क्रमितका लागि रक्तदान

शुक्रबार, १४ जेठ २०७८

कावासोती । कोभिड १९ बाट सङ्क्रमितका लागि यहाँस्थित रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएपछि गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । बिहीबार नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा विपद व्यवस्थापन सहयोगी समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४८ पुरुष र ५ महिला गरि ५३ जनाले रक्तदान गरेको समितिका अध्यक्ष शिव गिरीले बताए । जिल्लाको कावासोतीमा रहेको रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएपछि रक्तदान कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष गिरीले बताउनुभयो । नेपाल रेडक्रस कावासोती उपशाखाद्वारा सञ्चालन गरिएको रक्तसञ्चार केन्द्रमा अहिले रगतको अभाव रहेको रेडक्रम उपशाखाका सभापति वेदप्रसाद न्यौपानेले बताए ।