बुटवल । बसर अल असद पुनः सिरियाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । द्वन्द्वग्रस्त मुलुक सिरियामा असद चौथो पटक राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
यस पटकको निर्वाचनमा ५५ वर्षीय असदले ९५.१ प्रतिशत मत ल्याएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । असद थप सात वर्षका लागि सिरियाको राष्ट्रपति चुनिएका हुन् ।
निर्वाचन आयोगका अनुसार कुल मतदातामध्ये ७८ प्रतिशतले मतदान गरेका थिए । असदका दुईजना तिष्पर्धी रहेकामा उनीहरूले ५ प्रतिशत मत पनि प्राप्त गर्न सकेनन् ।
निर्वाचन आयोगका अनुसार असदका प्रतिष्पर्धीमध्ये अहमेद मारेइले ३.३ र अब्दुल्लाह सालेमले अब्दुल्लाहले १.५ प्रतिशत मत प्राप्त गरेका थिए ।एजेन्सीको सहयोगमा
प्रतिक्रिया