ताजा अपडेट »

बजेट अभाव भएपछि पिसिआर मेसिन सञ्चालनमा आएन

विहीबार, १३ जेठ २०७८

परासी । बजेट अभाव भएपछि पृथ्वी चन्द्र अस्पताल परासीका लागि आएको पिसिआर मेसिन सञ्चालनमा आउन सकेको छैन् । मेसिन संञ्चालनका लागि आवश्यक स्थान व्यवस्थापन र अन्य उपकरण खरिदका लागी बजेट नहुदा मेसिन संञ्चालनमा आउन नसकेको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १६ दिन अगाडीनै मेसिन पठाईदिएपनि स्थान र बजेट अभावका कारण मेसिन जडान हुन सकेको छैन् ।

अस्पतालमा स्थान अभाव भएपछि उद्योग वाणिज्य संघको पुरानो भवनको तल्लो तलमा मेसिन जडान गर्ने भनिएपनि सो स्थानको व्यवस्थानका लागी पनि झन्डै २० लाख रुपैयाँ खर्च लाग्ने भएको छ । त्यस्तै मेसिन जडानका लागि आवश्यक अन्य उपकरण खरिद गर्न २५ लाख रकम लाग्ने अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले जानकारी दिए। जसका लागी मन्त्रालयलाई आवश्यक बजेट माग गरिएको पनि होदाले जानकारी दिए ।