ताजा अपडेट »

आशिका भईन् मिस टिन प्रदेश ५

मंगलबार, १७ असार २०७६

असार १७,
बुटवल । रुपन्देहीको बुटवलमा भएको ‘मिस्टर एण्ड मिस टिन’ प्रदेश नं. ५ सिजन २ को उपाधी बुटवलकी आशिका खरेल र साहिल पुनले जितेका छन् । प्रतियोगितामा सहभागी अन्तिम १२ प्रतियोगीलाई उछिन्दै मिस्टरतर्फको उपाधी साहिल र मिसतर्फको उपाधी आशिकाले जितेकी हुन् ।

एस.पी.एम. क्रियशन बुटवलको आयोजनामा भएको प्रतियोगितामा विजेता बनेका दुबैले ताज सहित नगद १५/१५ हजार र अन्य थुप्रै गिफ्ट हेम्परहरु प्राप्त गरेका छन् । यस्तै विजेताले प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनलमा सहभागि हुने अवसर समेत पाउने छन् । यस्तै प्रतियोगिताको फष्ट रनर अपको उपाधी दिप्ती नेपाली र प्रशान्त शाहले तथा सेकेण्ड रनर अपको उपाधी कृति न्यौपाने र सन्दिप भण्डारीले जितेका हुन् । त्यसैगरी प्रतियोगितामा भिवर च्वाईस इशा क्षेत्री र अजय खत्री, मिस्टर मल्टिमिडिया अजय खत्री, मिस मल्टिमिडिया कृति न्यौपाने, मस्ट फोटोजेनिक मन्जिस खड्का र साहिल पुन, ब्यूटि वीथ प्रपोज बिनीसा न्यौपाने, हेण्डसम वीथ प्रपोज प्रशान्त शाह, मस्ट ट्यालेन्ट अजय खत्री र बिनिसा न्यौपाने, बेष्ट वक आशिका खरेल र सुजन सुनार, मस्टब्यूटिफुल हेयर इशा क्षेत्री, बेष्ट स्किन सविता चौधरी, मष्ट कन्फिडेण्ट सुजन सुनार र कृति न्यौपाने तथा बेष्ट प्रशनालिटी दिप्ती न्यौपाने र सन्दिप भण्डारीले जितेका छन् ।


एस.पि.एम क्रियशनका अध्यक्ष पवन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा माइति नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले विजयी प्रतियोगिहरुलाई पुरस्कार प्रदान गर्दै किशोर किशोरी तथा युवा युवतिको आन्तरिक प्रतिभा बाहिर निकाल्न यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने भन्दै निरन्तरताको खाँचो रहेको बताए । कार्यक्रममा निल हिरा समाजका अध्यक्ष आनिक राना, अभियान प्रोडक्सन काठमाण्डौका फाउण्डर अर्विन्द खनिया, इभेन्ट अर्गनाईजर सुजित बस्याल, मिस लुम्विनी कल्चर विजेता प्रिया थापा मगर लगायतले विजेतालाई बधाई तथा शुभकामना दिएका थिए । संचारकर्मी सुमन श्रेष्ठको संचालनमा भएको कार्यक्रममा कोरियोग्राफर रेशम न्यौपानेले कोरियोग्राफी तथा सुलोज श्रेष्ठले फोटोग्राफि गरेका थिए ।