परासी । नगरभित्र रहेका ब्यवसायिक किसानको संरक्षण गर्दै अघि बढेको बर्दघाट नगरपालिकाले अब फलफुलमा पनि नगरलाई आत्म निर्भर बनाउने गरी योजना अघि सारेको नगर उप–प्रमुख मायादेवि पौडेलले बताएकी छन्। बर्दघाट नगरपालिका वडा नम्बर १२ का किसान गोपिकृष्ण खनालले शुरु गर्न लागेको मेवा खेतीको विरुवा रोप्नेकार्यको शुभारम्भ गर्दै उप–प्रमुख पौडेलले उक्त कुरा बताएकी हुन्।
बर्दघाट नगरपालिका फलफुलमा आत्मनिर्भर बन सकिने प्रबल संभावना रहेका कारणले बर्दघाट नगरपालिकाले फलफुलको पकेटक्ष्ेत्र बनाउने देखि नगरवासीहरुलाई फलफुलका विरुवा निःशुल्क बितरण समेत गर्ने गरेको बताइएको छ । त्यसैगरी ब्यवसायिक तथा अन्य किसानलाई समेत प्रोत्साहन गर्दैआएको नगर उप–प्रमुख पौडेले बताइन् ।
बर्दघाट १२ का गोपिकृष्ण खनालले १० कठामा कागति र मेवा खेती गर्न शुरु गर्नु भएको छ । खनालले गर्न लागेको मेवा खेतीमा बर्दघाट नगरपालिकाले ४ सय ८० वटा बिरुवा र ४ कुन्टल कम्पोस्ट मल अनुदान दिएको बर्दघाट नगरपालिकाका कृषी शाखा प्रमुख युबराज लम्सालले बताउनु भएका छन्। । कृषकका लागि चाहिने प्रबिधिक सल्लाह लगाएतका कुराहरुमा नगरका सबै किसानहरुलाई जुनसुकै बेलामा पनि सहयोग गर्दै आएको नगरका कृषि जे .टि.य.खुमाकान्त न्यौपानेले बताएका छन् ।
प्रतिक्रिया