बुटवल । भारतीय सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरी जवानहरु अत्यन्तै कष्टकर रुपमा सिमा सुरक्षामा खटिदै आएका छन् । उनीहरुका लागि उचित अवास र वसोवासको व्यवस्था हुन सकेको छैन । विओपि र शसस्त्र वेसक्याम्पमा खटिएका शसस्त्र प्रहरीहरुको सहजताका लागि विभिन्न पहल र प्रयास समेत हुदै आएको छ ।
यसै क्रममा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका स्थित पजरकट्टीमा रहेको शसस्त्र प्रहरी वेस क्याम्पमा भवन निर्माण कार्यको शुभारम्भ गरिएको छ । सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरी जवानहरुको लागि निर्माण गर्न लागिएको भवनका लागि विघटित प्रतिनिधी सभाका सदस्य छविलाल विश्वकर्माले दश लाख वजेट उपलव्ध गराएका थिए ।
स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत विनियोजन गरिएको उक्त योजनाले सुरक्षाकर्मीलाई सहजता मिल्नेछ । खुला आकाश र पाल टाँगेर राष्ट्र सेवामा खटिने सुरक्षाकर्मीहरुलाई प्रोत्साहन दिनका लागि समेत आफुले स्थानीय पुर्वाधार विकास साझेदार कार्यक्रमको वजेट वेस क्याम्पका लागि विनियोजन गरेको नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहनु भएका विश्वकर्माले बताए ।विनियोजित योजनालाई गुणस्तर र प्रभावकारी रुपमा सम्पन्न गर्न सवैले साथ र सहयोग दिनु पर्नेमा उनले जोड दिए ।सुरक्षाकर्मीहरुका निम्ती आधारभुत आवश्यकता पुरा गर्न सकिएमा उनीहरुबाट प्रभावकारी सेवा प्रवाह हुने भएकोले त्यस प्रति सवैको ध्यान जान आवश्यक रहेको पुर्वमन्त्री समेत रहेका विश्वकर्माले बताए।
भवनको लुम्विनी प्रदेश सभाका सदस्य तथा नेकपा एमालेका राष्ट्रिय परिषद् सदस्य डा.कृष्ण न्यौपानेले शिलान्यास गरेका हुन ।सो अवसरमा वोल्दै प्रदेश सभा सदस्य डा. न्यौपानेले सरकारले देशै भरीका सिमामा स्थापना गरेको विओपिको भौतिक पुर्वाधार विकासमा आवश्यक पहल गरेको उल्लेख गरे ।
शिलान्यास कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव लगायतको उपस्थिति रहेको थियो । सुरक्षा मापदण्डलाई पालना गरिएको भएको कार्यक्रममा शसस्त्र वेसक्याम्पका ईञ्चार्ज सञ्जय केसीले धन्यवाद दिएका थिए ।पजरकट्टीको सोही क्षेत्रबाट उत्तर दक्षिण जोड्ने रणनीतिक सडकको निर्माण कार्य थालनी हुने भएको छ । पहिलो चरणमा २५ करोड वजेट समेत विनियोजन भई सकेको उक्त सडक देशै भरीका १ सय ६५ सडकसँगै प्रधानमन्त्री केपि ओलीले सिलान्यास गर्नु भएको थियो । सो रणनीतिक सडक सिमा क्षेत्रबाट धकधई हुदै देवदहको खैरनीसम्म जोडिने छ ।
प्रतिक्रिया