काठमाडाैं । कोरोना संक्रमण तीव्ररूपमा बढिरहेका बेला अझै २ करोड १२ लाख ३ हजार १ सय ८० जना नागरिक पहिलो र दोस्रो मात्रा खोप लगाउनबाट वञ्चित छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २६ लाख ६५ हजार ९ सय ८७ मात्रा खोप लगाइएको छ । जसमध्ये पहिलो र दोस्रो मात्रा ५ लाख ५३ हजार ५ सय ८९ जनाले लगाएका छन् । कोभिड १९ खोपको लक्षित समूहको प्राथमिकीकरणलाई आधार मान्दा २ करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउनुपर्ने हुन्छ ।
हालसम्म प्राप्त ३२ लाख ४८ हजार खोप प्राप्त भएकोमा २६ लाख ६५ हजार ९ सय ८७ मात्रा खोप लगाइसकीएको छ । जस अनुसार पाँच लाख ८२ हजार १३ मात्रा खोप बाँकि रहेको देखिन्छ । राजधानी दैनिकमा खबर छ।
प्रतिक्रिया