असार १७,
बुटवल । सरकारले ल्याएको मिडिया काउन्सील बिधेयक र सुचना प्रबिधि बिधेयक स्वतन्त्र पत्रकारीताको मर्म बिपरीत भएकोले बिधेयक फिर्ता लिन वा सच्याउन पत्रकारहरुले माग गरेका छन ।
नेपाल पत्रकार महासंघ रुपन्देही शाखा र चादनी नेपालको आयोजनामा बुटवलमा भएको सम्पादक स्तरीय छलफल कार्यक्रमका सहभागि पत्रकारहरुले पत्रकारीतालाई नियन्त्रण गर्ने नियतले ल्याईएका दुबै बिधेयक संघीय लोकतान्त्रीक गणतन्त्र र संबिधानको मर्म बिपरीत भएको बताए । पत्रकारहरुले सरकारलाई जुनसुकै बिधेयक पनि सरोकारवालाहरुसंग व्यापक छलफल गरेर ल्याए त्यसको प्रभावकारी कार्यान्वयन हुने भन्दै दुबै बिधेयक फिर्ता लिई नयाँ ढंगबाट अघि बढन सरकारलाई सुझाव दिएका छन ।
कार्यक्रममा सहजीकरण गर्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सभापति तारानाथ दाहालले मिडिया काउन्सील बिधेयक र सुचना प्रबिधि बिधेयक संबिधान बिपरीत भएको उल्लेख गर्दै संबिधानको रक्षा गर्ने दायित्व पनि सरकारको रहेकाले फिर्ता लिने वा सच्याउने त्यो काम सरकारको रहेको बताए । उनले यि दुबै बिधेयक अहिलेकै अवस्थामा पारित भए मुलुकका लागि नै दुभाग्य हुने बताए ।
कार्यक्रममा पूर्व बिधायक तथा महासंघ रुपन्देहीका पूर्वअध्यक्ष बिनोद पहाडी, पूर्वअध्यक्ष बालकृष्ण चापागाई , रुपन्देही अध्यक्ष यानेन्द्र जिसी, चादनी नेपालका कार्यकारी निर्देशक भवानी प्रसाद पाण्डे लगायत एक दर्जन बढी पत्रकारहरुले दुबै बिधेयकले स्वतन्त्र प्रेसको मर्म बिपरीत भएकाले सरकारलाई फिर्ता लिन दवाव दिनुपर्ने बताएका थिए ।
प्रतिक्रिया