ताजा अपडेट »

वर्षाका कारण पर्खाल भत्कँदा २७ जनाको मृत्यु

मंगलबार, १७ असार २०७६

असार १७,

काठमाण्डौं । अविरल वर्षाका कारण भारतको आर्थिक राजधानी मुम्बई अस्तव्यस्त बनेको छ । मुम्बइ तथा वरपरका क्षेत्रमा ३/४ दिनदेखि लगातार भारी वर्षा भइरहेको छ । वर्षाका कारण मुम्ब वरपरका क्षेत्रमा  पर्खाल भत्किँदा दर्जनौंको ज्यान गएको  र  जनजीवन अस्तव्यस्त बनेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

वर्षाका कारण पर्खाल भत्कँदा मुम्बईको मलाडमा १८ र कल्याणमा एकजना शिशुसहित ३ जनाको मृत्यु भएको छ । कल्याणमा एउटा विद्यालयको पर्खाल घरमाथि ढलेको थियो । त्यस्तै पुणेको एक कलेजको पर्खाल भत्केर ६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म २ दर्जनभन्दा बढी मानिसको उद्वार गरिएको त्यहाँका अधिकारीले जनाएका छन् । हाल उद्वार तथा राहत कार्य जारी रहेको बनाइएको छ ।

अविरल वर्षाले गर्दा रेल, सडकमार्ग र हवाइ उडान समेत प्रभावित भएको छ । शैक्षिक संस्था तथा कार्यालयहरु समेत बन्द गरिएको समाचार माध्यमले जनाएका छन् । सन् २००५ मा आएको वर्षा र बाढीका कारण मुम्बईमा सयौैले ज्यान गुमाएका थिए ।