ताजा अपडेट »

पत्रकारलाई स्वास्थ्य सामग्री सहयोग

सोमबार, १० जेठ २०७८

मार्तडी । नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला अग्रपङ्क्तिमा रहेर जनतालाई सु–सूचित गराउँदै आएका जिल्लाका सञ्चार माध्यमका क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नेपाल पत्रकार महासङ्घ बाजुराको समन्वय तथा पहलमा सामाजिक अभियान्ताको सहयोगमा सङ्क्रमितले पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

जिल्लाका सञ्चालित रेडियो, अनलाइन र पत्रिकामा कार्यरत पत्रकारलाई स्यानिटाइजर, माक्स, फेससिल्ड, पिपिई सेटलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको पत्रकार महासङ्घ बाजुराका अध्यक्ष छक्क मल्लले राससलाई बताए। उनका अनुसार सामाजिक अभियान्ता हेमराज थापा, नेपाली काँग्रेस महिला नेत्रीद्धय विद्या तिमिल्सेना र राधा खड्का गिरीले ती स्वास्थ्य सामग्री सहयोग गरेका हुन् ।