असार १७,
बुटवल । कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने कुनै संभावना नभएको दाबि गरेका छन् । रिपोर्टर्स क्लव प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा मन्त्री खनालले बाहिर आएजस्तो हल्ला भित्र नभएको र यस बिषयमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्ड दुबैले स्पष्ट पारिसकेको बताए । ‘प्रधानमन्त्रीले चाहे सबै मन्त्री फाल्न सक्नुहुन्छ, काम जति राम्रो गरेपनि त्यहि मान्छे बसिरहने कुरा पनि हुदैन, अरुलाइ पालो पनि दिनुपर्छ, मेरो कुरा गर्नुहुन्छ भने अहिले नै हटाएपनि कुनै टेन्सन छैन ।’ उनले भने ।
दुई अध्यक्ष बीचको सहमतिमा आलोपालो भएपनि अहिले त्यो समय नभईसकेको बताए ।
उनले भने–‘पार्टीमा गज्याङमज्याङ छ, बैचारिक एकता के हुने भन्नेमा बहस भैरहेको छ, जवज र २१ शताब्दीको जनबाद दुइवटै परिमार्जन रुप नै जनताको जनबाद हो अब यसैलाइ लिएर अघि बढ्न सकिन्छ ।’ पार्टी मिलाएर जानुको बिकल्प नरहेको भन्दै उनले नेकपा टुक्रिने कल्पना पनि गर्न नसकिने बताए । पार्टी एकतापछि ३ वटा कुरा चर्चामा छन् उनले भने—‘बैचारिक एकता, सांगठनिक कुरा, सरकार र नेतृत्व आलोपालो ।’ मन्त्री खनालले सरकारले राम्रा काम गरिरहेको दाबि गरे । सरकारले कामलाइ योजनाबद्ध नै अघि बढाएका भन्दै उनले, तर भनेजस्तो परिणाम आउन नसकेको स्वीकार गरे ।
उनले सरकारले कृषिमा छुट्याएको २८ अरब बजेट मध्ये ९ अर्ब मलमा मात्रै भएको भन्दै पूजिगत बजेट अत्यन्त न्यून २ अरब रहेको जानकारी दिए । कृषि मन्त्री खनालले खाद्य, प्लान्ट, पशु क्वारेन्टाइनको रिर्पोटपछि भन्सार हुनुपर्ने भन्दै नेपालमा भन्सारमा दलालको बिगबिगी रहेको बताए । ‘नेपाललाई दुधमा आत्मनिर्भर बनाउन गतबर्ष असारबाट धुलो दुध आयातमा बन्द गर्यौं’ उनले भने । कार्यक्रम रिपोर्टर्स क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा प्रदेश सदस्य कपिल ज्ञवालीको संचालनमा भएको थियो ।
प्रतिक्रिया