ताजा अपडेट »

सगरमाथाको आरोहण पुनः शुरू, केही अराेहीआजै शिखरमा पुग्न सक्ने

शनिबार, ०८ जेठ २०७८

काठमाण्डौं । विगत दश दिनदेखि रोकिएको सगरमाथा आरोहण शनिबारबाट पुनः शुरु भएको छ । आरोही, गाइड र कामदारहरुमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण हुदाँ र ताउ–ते चक्रवतले मौसममा प्रभाव पारे पछि आरोहण स्थगित भएको थियो । १० दिन पछि सगरमाथाको चुचुरोमा आज आरोहीहरु पुग्ने सेभेन समिट ट्रेकका निर्देशक आधारशिविर मेनेजर टासि लाक्पा शेर्पाले जानकारी दिए । आरोहण लक्षका साथ शुक्रबारनै दर्जनौ आरोहीहरु चौथो क्याम्प पुगेर बसेको उन्ले जानकारी दिए ।

यस अघि बहराइका राजकुमार शेख मोहम्मद हमाल अलिफा सहित ५० जना भन्दा बढी आरोहीले आरोहण गरी सकेका छन् । बाँकी रहेका आरोहीहरुले भने आज (शनिबार)बाट नियमीत रुपमा आरोहण गर्ने तयारीका साथ आधारशिविरबाट बाटो लागेको एजेन्सीहरुले भनाई छ । ताउ–ते सक्रवतले क्षति पुर्याउने भन्दै जल तथा मौसम विज्ञान विभागले पर्वतारोहीहरुलाई सतर्क हुन सूचित गरेका थिए । केही कोरोना संक्रमणका कारण पनि आरोहण स्थगित भएको थियो भने केही आरोहीहरु भने संक्रमित बने पछि आरोहण रद्ध गरी फिर्ता समेत भइ सकेका छन् । यस वर्ष ४४ आरोहण दलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहण अनुमति लिएका छन् यो हालसम्मै सबैभन्दा धेरै संख्या भएको पर्यटन विभागको तथ्याङक छ । आरोहीमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिंगी आरोही छन । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपैयाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ ।