बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद कोरोना संक्रमणबाट आम नागरिकलाई जोगाउन आफ्नो प्रयास जारी रहेको बताएका छन् । सम्पूर्ण नागरिकहरुले स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गर्दै उनले रोकथाम तथा संक्रमितहरुको उपचारका लागि अस्पताको स्तर वृद्धि गर्ने तयारी भएको बताए ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) देवदह नगर कमिटीले सञ्चालनमा ल्याएको निःशुल्क एम्वुलेन्स तथा सववहान सेवाको शुक्रबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री श्रेष्ठले कोरोना भाईरस संक्रमण रोकथाम तथा न्यूनिकरणको लागि राजनीतिक दल, सामाजिक संघसंस्था लगायत सबै क्षेत्रबाट एक भएर लाग्न आह्वान गरे । उनले कोरोना न्यूनिकरणको लागि जनप्रतिनिधिहरु पनि फ्रन्ट लाईनमा खटेर काम गर्नुपर्नेमा जोड दिए ।
कोरोना महामारीको समयमा जनतालाई सहयोग पुर्याउने उद्देश्यले सेवा सञ्चालनमा ल्याएको संगठनले जनाएको छ । (अनेरास्ववियू)ले, नेपाल कम्यूनिष्ट पार्टी र नगरपालिकासँग समन्वय गरी सेवा सञ्चालनमा ल्याएको हो । एम्वुलेन्सको रुपमा निजी गाडी प्रयोगमा ल्याएको छ । यसैगरी (अनेरास्ववियू)का जिल्ला सदस्य कृष्ण पौडेलले आफ्नै गाडी सब वहानको रुपमा प्रयोगमा ल्याएका छन् । देवदह नगरपालिकाले स्थापना गरेको अस्थाई कोरोना अस्पताललाई सहयोग गर्ने गरी युवा संघ नेपालका केन्द्रीय सदस्य सुरज खरेजको विशेष पहलमा निःशुल्क एम्वुलेन्स र सववहान संचालन ल्याएको पौडेलले बताए ।
सो अवसरमा लुम्विनी प्रदेशका सांसद डा. कृष्णप्रसाद न्यौपाने, देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदह मेडिकल कलेजका डा. विक्रम ज्ञवाली, नेकपा एमालेका प्रकाश अर्याल, यम राना, देवदह स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे, (अनेरास्ववियू) देवदहका अध्यक्ष सुरज भट्टराई लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया