ताजा अपडेट »

वाग्मती प्रदेश : उपनिर्वाचनमा मतदान शुरु, छाता ओडेरै लाईनमा मतदाता जनप्रतिनिधि (फोटोफिचर)

विहीबार, ०६ जेठ २०७८

बुटवल । वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको लागि आज मतदान शुरु भएको छ ।

हेटौँडा-४ मा रहेको भुटनदेवि स्कुलको चौरमा बिहान ९ बजे देखि ३ बजेसम्म मतदान हुने र साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जनाए।

वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादल र डा खिमलाल देवकोटा मुख्य प्रतिस्पर्धी हुन्। बादलको उम्मेद्वारीको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेकी छिन्।