ताजा अपडेट »

कोरोना संक्रमितको उपचारमा प्रभावकारी देखिएको रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन हुने

बुधबार, ०५ जेठ २०७८

काठमाडौँ । रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन हुने भएको छ। 

औषधि व्यवस्था विभागले कोरोना संक्रमितहरुको उपचारमा प्रभावकारी देखिएको रेमडिसिभिर औषधि उत्पादनका लागि वीरगञ्जको नेसनल हेल्थ केयरलाई अनुमति दिएको हो । हाल औषधि उत्पादनका लागि मात्र अनुमति दिइएको र औषधिको बजार बिक्रिका लागि भने पछि अनुमति दिइने बताइएको छ । अबको एक महिनामा उत्पादन तयार भइसक्ने छ । 

स्वदेशमै उत्पादन हुने भएपछि रेमडिसिभिर औषधिको माग केही कम हुने विभागको अनुमान छ। जेठ महिनाको अन्तिमसम्ममा रेमडिसिभिर औषधि बजारमा आउने बताइएको छ । भारतबाट आयात हुँदै आएको रेमडिसिभिर भारतमा नै संक्रमणको दर उच्च भएपछि रोक लगाइएको छ । अहिले रेमडिसिभिर बंगलादेशबाट आयात हुने गरेको छ ।