असार १५,
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका बाँकेमा भएको झडपको क्रममा प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ ।
अबैध उत्खननले बनेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि त्यसको विरोधमा क्षतिपुर्तिको माग गर्दै राजमार्ग अबरुद्ध गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप भएको हो । आन्दोलनमा गएका स्थानीयलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको हो । अराजक भिडलाई नियन्त्रणमा लिन खोजिरहेका बेला प्रहरीमाथि नै आक्रमण सुरु गरेपछि प्रहरीकै ज्यान जाने अवस्था देखेर बाध्य भएर गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।
स्थितीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको थियो । प्रहरीले गोली चलाउँदा स्थानीय सत्यनारायण महतोको मृत्यु भएको छ भने अन्य तीन जना स्थानीय घाइते भएका छन् उता, स्थानीयहरुको ढुंगामुढाबाट १० जना प्रहरी घाइते छन् । ईश्वरपुर नगरपालिका–१३ का लाले रायका १२ वर्षीय छोरा अमितकुमार यादवको शब आइतवार विहान खाल्टोबाट निकालिएको हो ।
प्रतिक्रिया