ताजा अपडेट »

नेपाल–बंगलादेश बैंकद्वारा मानव सेवालाई आर्थिक सहयोग

आइतबार, १५ असार २०७६

असा १५,
बुटवल । बुटवल उपमहानगरपालीका वडा नं ८ सुखानगर स्थित मानव सेवा आश्रमलाई नेपाल बंगलादेश बैंक बुटवल शाखाले रु. ५० हजार आर्थिक सहयोग गरेको छ । मानव सेवा नै जिवनको सर्बोत्तम धर्म हो भन्ने मुलमन्त्र र भावना आत्मसात गर्दै स्थापना भएको सो आश्रमलाइ नेपाल बंगलादेश बैंकले सामजिक कार्यमा योगदान गर्ने उद्देश्य सहित शनिबार ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।


बैंकले बिस्तारै सामाजिक सेवाका क्षेत्रमा पनि हात बढाउन थालेको र अपाङ्ग, असाहय, बेवारिसे मानिसहरुको संरक्षण गर्दै आएको मानव सेवा आश्रमलाई सहयोग गरिएको बैंकका प्रबन्धक अन्जन कोइरालाले बताए । प्रबन्धक कोईरालाका अनुसार मानव कल्याण लगाएतका सेवामा सबैभन्दा पुण्यको काम रहेकाले आर्थिक सहयोग प्रदान गरेको बताए । मानव सेवा आश्रमले बुटवलमा स्थापना भए यता गरेका कामहरुको प्रशंसा गर्दै बुटवललाई सडक मानव रहित बनाउन यो संस्थाको उल्लेख्य भूमीका रहेको चर्चा कोईरालाले गरे । बैंकले सानो भएपनि आर्थिक सहयाोग गर्न पाउँदा आफुहरु निकै खुशी रहेको पनि बताए ।


सो अवसरमा बोल्दै सामाजिक सेवाका अभियन्ता लोकनाथ भुसालले गरिबी, बिपन्नता, मानसिक समस्या, अपाङ्गता लगाएतका कारण सडकमा जिवन गुजार्न बिवश बनेका बेसाहराहरुको संरक्षण गर्ने उद्देश्यले संचालित मानव सेवा आश्रमले नयाँ जिवन प्रदान गरेको बताए । बैंकले गरेको योगदानको कदर गर्दै समाजमा रहेका सहयोगी हातहरुलाई स्वागत गर्दै सानो सहयोगले पनि आश्रमलाई ठुलै सहयोग हुने बताए । हाल मानव सेवा आश्रममा ४४ जना अनाथ, अपाङ्ग तथा वेवारिसे मानिसहरु रहेका छन् । आश्रमका संचालक सरु अधिकारीका अनुसार २४ जना महिला, ४ जना बच्चा र १६ जना पुरुषहरु हाल आश्रममा सेवा लिइरहेका छन् ।


स्थापनाको छोटो समयमा १७ जनालाई स्वस्थ बनाई परिवारमा पुर्नमिलन समेत गरेको आश्रम संचालक शेरबहादुर गौतमको भनाई छ । कार्यक्रममा आश्रमका संचालक सदस्य एवं समाजसेवी राजन सापकोटा, कार्यक्रमका संचालक डोलराज न्यौपाने, स्वास्थ्यकर्मी कमला हमाल, आश्रमका संयोजक सरु अधिकारी लगाएतले मानव सेवा आश्रमको आवश्यक्ता र सामाजिक क्षेत्रमा पुराएको योगदानका बारेमा चर्चा गरेका थिए ।