ताजा अपडेट »

तिलोत्तमा मेयर कप : दुर्गा मन्दिर र सिद्धार्थ युवा बीच प्रतिस्पर्धा

आइतबार, १५ असार २०७६

असार १५,
ग्लोबल आवाज
बुटवल । रुपन्देहीको तिलोत्तमामा जारी ‘प्रथम तिलोत्तमा मेयर कप’ फुटबल प्रतियोगिताअन्तरगत आजको खेलमा दुर्गा मन्दिर क्लब तुल्सीपुर र सिद्धार्थ युवा क्लब तिलोत्तमाबीच प्रतिस्पर्धा हुँदै छ ।

तिलोत्तमा–१ चपरहट्टी खेल मैदानमा शनिबार भएको खेलमा स्मृति स्पोर्ट्स क्लब विजयी भएको छ ।
स्मृतिले देशभक्त युवा क्लब नवलपरासीलाई ५–१ गोल अन्तरले पराजित गरेको आयोजक तिलोत्तमा फुटबल एकेडेमीका विकास गुरुङले जानकारी दिए । स्मृतिको जितका लागि विवेक पाण्डेले खेलको २८, ६५ र ६७ मिनेटमा गरी तीन गोल गरे भने निशान्त न्यौपानेले २० र निराजन खत्रीले ४३ मिनेटमा गोल गरेका थिए । स्मृतिकै मनोज श्रेष्ठले ४७ मिनेटमा आत्मघाती गोल गरेपछि देशभक्तका लागि सान्त्वना गोल जोडिएको थियो । खेलमा स्मृतिका विवेक पाण्डे म्यान अफ द म्याच घोषित भए ।


प्रतियोगितामा रुपन्देही, नवलपरासी र पाल्पाका १६ टिमकोको सहभागिता रहने खेल संयोजक घनश्याम श्रेष्ठले बताए । असार २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैया नगद सहित कप तथा मेडल र उपबिजेता टीमले ५५ हजार रुपैया नगद र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता अवलोकनका लागि खेलप्रेमी दर्शकहरुको सहभागिता बढ्न थालेको एकेडेमीका महासचिव युवराज पुराजुलीले बताए ।