ताजा अपडेट »

स्वदेशी उत्पादन बढाई मुलुकलाई आत्मनिर्भर बनाऔ:मन्त्री गिरी

आइतबार, १५ असार २०७६

असार १५,
ग्लोबल आवाज
बुटवल । प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा पर्यावरणमन्त्री लिला गिरीले साना तथा घरेलु उद्योगहरुको बिकासबाट मुलुकलाई आत्म निर्भर बनाई समृद्धिको दिशामा अघि बढाउन सकिने बताएका छन् ।


नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा रुपन्देहीको तिलोत्तमामा आज भएको प्रदेशस्तरीय लघु उद्योग तथा साना उद्योग अवस्था, अवसर र चुनौती विषयक एक दिने गोष्ठीमा बोल्दै उनले सो कुरा बताएका हुन् । स्वदेशमा उत्पादन गर्ने सामर्थ्यको विषयमा गम्भिर भएमात्र आयात रोक्न सकिनेमा जोड दिदै उनले उद्योगलाई कृषि र पर्यटनसँग जोडेर अघि बढ्नुपर्ने उल्लेख गरे ।


महासंघका केन्द्रिय अध्यक्ष श्याम गिरीले प्रदेशस्तरमा घरेलु तथा साना उद्योगहरुले भोग्नुपरेको समस्याहरु उठान हुने र त्यसलाई संगठनात्मक रुपमा अघि बढाईने बताएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव धनन्जय पौडेलले प्रदेशमा भएका साना तथा उद्योगहरुको वास्तविक लगत निकाल्ने कामलाई थालनी गरिरहेको जानकारी गराए ।
रुपन्देही उद्योग वाणिज्य संघका अध्यक्ष गणेश अधिकारीले स्वदेशी रोजगार प्रवद्र्धनका लागी युवाहरु लक्षित कार्यक्रम र योजना सरकारबाट ल्याउनुपर्ने सुझाब दिएका थिए । महासंघका प्रदेश नं. ५ का अध्यक्ष नेत्र प्रसाद पाठकको सभापतित्वमा भएको कार्यक्रममा मन्त्रालयका प्रदेश उपसचिव विजयराज सुवेदी, जिल्ला अध्यक्ष कन्हैयालाल कशौधन लगायतले बीचर व्यक्त गरेका थिए ।