ताजा अपडेट »

परासीको पृथ्वी चन्द्र अस्पतालमा पनि कोरोना परीक्षण हुने

शुक्रबार, ३१ बैशाख २०७८

नवलपरासी । स्वस्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीको पहलमा पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको पृथ्वी चन्द्र जिल्ला अस्पतालमा जिल्लामा नै पहिले पटक पिसिआर परीक्षण गर्ने मेसिन आएको छ ।

संघीय सरकारका स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयबाट एक थान पिसिआर चेक गर्ने मेसिन पृथ्वी चन्द्र जिल्ला अस्पतालको नाममा पठाएको अस्पताल विकास समितिका अध्यक्ष जगदिश चौधरीले जानकारी दिए । उनका अनुसार पिसिआर चेक गर्ने मेसिन आएको छ अब हामी उक्त मेसिनको व्यवस्थापको काममा लाग्ने छौ ।“ व्यवस्थापनका लागि दक्ष जनशक्ति र उपयुक्त स्थान छनौटमा अस्पताल लागिरहेको चौधरीले जानकारी दिए ।

पश्चिम नवलपरासीमा पिसिआर मेसिन नहुँदा कोरोना परिक्षणका लागि मात्रै बुटवल, भैरहवा र नारायणगढ धाउनुपर्ने बाध्यता रहेको छ । अहिले अस्पतालहरुमा कोरोना परिक्षण गराउनेको चाप बढेकोले रिपोर्ट आउन समेत ढिलाई भएको छ । स्वस्थ्य मन्त्री ज्युको गृह जिल्ला पश्चिम नवलपरासी भएकाले सदरमुकाममा एउटा मेसिनको आवश्यकता देखेर अस्पतालका लागि पठाएको स्वतन्त्र राजनैतिक समूहका जिल्ला संयोजक राधेरमण पाण्डेले बताए ।