बुटवल । मानव अधिकार तथा शान्ति समाजले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठसँग भेटघाट गरि कोभिड नियन्त्रण, रोकथाम र उपचारका बिषयमा छलफल गरेको छ। छलफलमा कोभिडका कारण उत्पन्न समस्या समाधानका लागि बिविध पक्षबारे बिचार बिमर्श भएको तथा आईसियु र अक्सिजन अभाव लगाएतका समस्या समाधान गर्न सरकार र नागरिक समाजबीच सहकार्यको आवश्यक्ता औंल्याइँएको छ।
उक्त महत्वपुर्ण भेटघाट तथा छलफल कार्यक्रममा स्वास्थ तथा जनसंख्या मन्त्री श्रेष्ठले कोभिडका कारण उत्पन्न समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको स्पष्ट पार्दै कोभिड नियन्त्रण र उपचारका लागि सरकारसँग सहकार्य गर्न नागरिक समाजलाई आग्रह गरेका छन्। कोभिड नियन्त्रणका सवालमा प्रदेश सरकार बजेट जुटाउने कार्यमा सदा तत्पर रहने कुरामा जोडदिँदै मन्त्री श्रेष्ठले श्रोतको परिचालन र ब्यवस्थापन पक्ष बलियो नहुँदा स्थिती गम्भिर बनेको उल्लेख गरेका छन्।
मन्त्री श्रेष्ठ भन्छन—कोभिडसँग सम्बन्धीत बिद्यमान समस्या समाधानका लागि सरकारसँग आवश्यक बजेट छ, श्रोतको कुनै समस्या छैन, श्रोत परिचालन र ब्यबस्थापनमा हामी शसक्त ढंगले परिचालन हुन सकेनौं, यसका लागि निजि क्षेत्र र नागरिक समाजले चासो र अग्रसरता देखाउनु पर्यो। देश र जनतालाई संकट परेको बेला सरकारलाई गाली गरेर मात्र समस्या समाधान नहुने उहाँको जिकिर थियो। सरकारसँग बजेट छ, योजना छ, कार्यान्वयनका लागि आउनोस अग्रसरता देखाउनोस् सरकार सहकार्य गर्न तयार छ—मन्त्री श्रेष्ठको भनाई थियो।
सो अवसरमा मानव अधिकार तथा शान्ति समाजका सभापति गोविन्द खनालले तत्कालै गर्नुपर्ने कोभिड संक्रमित बिरामीका लागि आईसियु लगाएत अक्सिजन सिलिन्डर ब्यबस्थापन एबम आम नागरिकमा चेतना अभिबृद्धि गर्न जनजागरण अभियान, स्वास्थ्य सामाग्रीको कालोबजारी रोकथाम, सुधार गर्नुपर्ने अस्पतालहरुका कमिकमजोरी तथा उनिहरुलाई सहयोग, संघ संस्थाहरुको सक्रियताका सन्दर्भमा एकीकृत योजना बनाएर अगाडि बढ्ने लगाएत महत्त्वपूर्ण बिषयमा छलफल केन्द्रित रहेको बताए।
कार्यक्रममा साझा अस्पताल प्रालीका मेसु डा.लक्ष्मण शर्मा, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका पुर्व सभापति तथा सल्लाहकारहरु कृष्णप्रसाद पराजुली, हरिश ढकाल, बर्तमान सभापति डिपि खनाल लगाएतले कोभिड संक्रमणको दोश्रो लहरका कारण मानवको स्वास्थ्य क्षेत्रमा परेको प्रभाव, उपचारमा समस्या र समाधानका उपायहरुबारे चर्चा गरिएको थियो।
प्रतिक्रिया