ताजा अपडेट »

असारभित्रै एकीकरणको काम सकिन्छः ओली

शनिबार, १४ असार २०७६

असार १४,
काठमाण्डौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकीकरणको सम्पूर्ण कार्य सम्पन्न हुने बताएका छन् । मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा शनिबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी एकतामा केही अलमल भए पनि निराश हुने अवस्था नरहेको बताएका हुन् ।


एकतामा भएको ढिलाइबाट केही आंशका उब्जिएको र त्यसैलाई लिएर खिसिट्युरी हुने गरेको उल्लेख गर्दै उनले चालू आर्थिक वर्षको समाप्तीसँगै एकीकरणका काम पनि पूरा हुने बताए । उनले सरकारले राम्रो काम गर्दै आएको र आगामी आर्थिक वर्षमा नयाँ उत्साहका साथ अघि बढ्ने स्पष्ट पारे । आफूहरूले सरकारमाथि जबर्जस्ती विश्वास गर नभन्ने भन्दै उनले सरकारले गरेका कामहरूको मूल्यांकन गर्न आग्रह गरे ।